तिप्लिङ न्यूज
मिति २०७७ चैत १६ काठमाडौ
रिपोर्टर/संजय लामा

तामाङ कलाकार संघका संस्थापक अध्यक्ष एवम् वरिष्ठ गायक तथा संगीतकार चन्द्रकुमार दोङको प्रमुख आतिथ्यतामा विशेष पत्रकार सम्मेलन गरि छामेला गोईलोको भिडियोलाई बजारमा ल्याएको छ ।

बिजय तामाङ र अनु लामाद्वारा रचना गरेको गीतलाई विशाल काल्तानले संगित गरेको हो । चाँद सिङले संगीत संयोजन गरेको गीतमा विशाल काल्तन र गायिका सुमिना लोको मिठ्ठो आवाज सुन्न सकिन्छ ।

गीतको भिडियोमा निर्देशक तथा चर्चित नायक अमिर दोङ र नायिका सुस्मा मोक्तान,रमेश लामा र विना लोप्चनको अभिनय रहेको छ भने बीचबीचमा हास्य कलाकार कुइसाङ रुम्बा र पदम दोङले समेत अभिनय गरेका छन् ।

गीतको मिक्सिङ दिपेश प्रधानले गरेका थिए। अमिर दोङको निर्देशक रहेको भिडियोलाई त्रिलोक लामाले छायांकन गरेका हुन भने भिडियोलाई कलर सुर्य लामाले गरेका हुन् ।भिडियोको कोरियोग्राफर विष्णु गोले भिषण दोङले गरेको थियोे ।

अतिथिहरु तामाङ कलाकार संघका महासचिव, संगीतकार तथा गायक बिशाल काल्तन,एभरेष्ट होम फेसनकी अध्यक्ष रञ्जिता ब्लोन,तामाङ कलाकार संघका कोषाध्यक्ष सुवास मोक्तान लगायतका अतिथिहरु उपस्थिति रहेको थियोे । उक्त पत्रकार सम्मेलन निर्देशक तथा चर्चित नायक अमिर दोङको सभापतित्वमा सम्पन्न भएको थियो ।

यस भिडियोलाई नेपाली सेलो प्रोडक्सनको अफिसियल युट्युव च्यानलबाट सार्वजनिक गरेको छ ।

भिडियो हेर्नुस्