तिप्लिङ न्यूज
सिन्धुपाल्चोक

सोनाम ल्होछारको बिशेष अवसरमा सिन्धुपाल्चोक जिल्लाको चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. ९ मा २८५७ औँ सोनाम (लाङ ल्हो) ल्होछार कार्यक्रम गएको २९ गते सम्पन्न भएको छ ।

मुलखर्क तामाङ समाज र नेपाल तामाङ घेदुङ चौतारा साँगाचोकगढी नगरपालिका वडा नं.९ को संयुक्त आयोजनमा आयोजित २८५७ औँ सोनाम (लाङ ल्हो) ल्होछार कार्यक्रम लामा, झाँक्री र ताम्बा सहित य्रालिबाट सुरु गर्दै कार्यक्रममा परिणत भएको थियो। 

चौतारा सांगाचोकगढि नगरपालिकाका मेयर अमानसिं तामाङको  प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा विशेष अतिथीका रूपमा वडा न ९ का अध्यक्ष विष्णु लामा, वडा न ८ का अध्यक्ष तिर्थ बहादुर श्रेष्ठ , जिल्ला  घेदुङको प्रतिनिधि र चौतारा साङ्चोक गढी नगर घेदुङ उपाध्यक्ष समीर तामाङ लगायतका अन्य सदस्यहरू , विभिन्न पार्टी प्रतिनिधिहरु, जनजाति महासंघ तथा जातिय संघसंस्थाका प्रतिनिधिहरु, स्थानीय संघसंस्थाका प्रतिनिधिहरु,  विद्यालयका प्र.अहरुको उपस्थिति रहेको थियो।

राष्ट्रिय गानको धुनसंगै  जातिय अधिकारमा लड्दा शहदत्त सहिद र राष्ट्रका लागि ज्यानको आहुति दिएका वीर सहिदहरुप्रति मौन धारण गरी श्रद्धान्जली समेत अर्पण गरियो । लामा गुरुहरुले साङ सेर्गेम  गरी ग्रह शान्ति गरिसकेपछी  घोइलोमा  सजिएका  लामा ,झाक्रीहरुले नाच प्रदर्शन गरिएका थिए भने तामाङ चलचित्रका नायक बिजय थोकर, गायक प्रकाश तामाङ तितुङ , गायिका सुमिना लो , प्रकृति थिङ   साथमा नव गायिका चाँदनी थिङ  र स्थनिय गायक भिम बैरागी स्याङ्तानको बेजोड प्रस्तुति  रहेको समीर तामाङले जानकारी दिनु भयो ।

लोप हुन लागेका तामाङ कला, संस्कृति र रीमठिमको जगेर्ना गर्ने दायित्व हामी सबैको हो । यस्तै तामाङ संस्कृति र पहिचान झल्किने कार्यक्रमहरु भइ राखेमा तामाङ संस्कृतिलाई जोगााउन सकिन्छ ।