तिप्लिङ न्यूज
मिति २०७७ फागुन २९ गते
काठमाडौं

नृत्य निर्देशक संघ काठमाडौँ शाखाले केही वरिष्ठ नृत्य निर्देशकलाई सल्लाहकार घोषणा सहित मनोनयन पनि गरेका छन् । शनिबार रातोपुलस्थित रकहाउस क्याफेमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा घोषणा गरेका हुन् । घोषणासँगै शाखामा आबद्ध हुनेहरूलाई सदस्यता पनि वितरण गरेको थियो ।

प्रमुख अतिथि तिर्थबहादुर लामाले जिन्दगीको अमूल्य क्षण व्यतीत गरेका नृत्यका अग्रजहरूले नै आ-आफ्नो नृत्यमा मौलिकता जोगाएको बताएका हुन् । उनले थपे, ‘लोकतान्त्रिक पद्धतिमा नै हाम्रो संस्कृति संरक्षण हुने हो । हाम्रो स्वतन्त्रपूर्वक हक संरक्षण हुनेछ । यस क्षेत्रका नक्षत्रलाई राज्यले व्यवस्थित गर्नुपर्ने जरुरत रहेको छ ।’
यसैगरी केन्द्रीय अध्यक्ष भुवनदास श्रेष्ठले राष्ट्रिय नृत्य दिवस २०७८ मा घोषणा गर्ने तयारीमा लागिरहेको खुलासा गरे ।

वरिष्ठ लोक नृत्य निर्देशक खेलबहादुर लामाले जति नृत्य गरेपनि मौलिकता प्रस्तुत गरेमात्र राम्रो हुनेछ । नयाँ शैलीको नाममा गरेपनि पानीको फोका मात्रै हुने बताए ।

वरिष्ठ नृत्य निर्देशक एवं अनुसन्धानकर्ता केपी पौडेलले नागेश्वरीका अंश मानवदेखि विभिन्न मण्डलले बोकेका बताए ।

उनले थपे राज्यले सम्बन्धित क्षेत्रमा सम्बन्धित ब्यक्ति नियुक्ति गरेको छैन । नृत्य क्षेत्रमा पनि त्यस्तै भएको छ । यसैगरी वरिष्ठ नृत्य निर्देशक एवं सेलो गायक प्रेम लोप्चनले विश्वले हेरिरहेको बेलामा हाम्रो नृत्यलाई मेहनतका साथ व्यवस्थित गर्दै लैजानुपर्ने बताए ।

भिडियो हेर्नुहोस