तिप्लिङ न्यूज
मिति २०७७ फागुन २५ गते
सिन्धुपाल्चोक

२८५७ लाङ ल्हो सोनाम ल्होछारको अवरसरमा सिन्धुपाल्चोक जिल्ला चौतारा सांगाचोकगढि नगरपालिका वडा ९ मुलखर्कमा बृहत् ल्होछार सांस्कृतिक कार्यक्रम हुने भएको छ ।

मुलखर्क तामाङ समाज र नेपाल तामाङ घेदुङ ९ नम्बर वडा समितिको आयोजनामा ल्होछार सांस्कृतिक कार्यक्रम हुने लागेको हो ।

चौतारा सांगाचोकगढि नगरपालिका नगर प्रमुख अमान सिङ तामाङको प्रमुख आतिथ्यतामा हुने कार्यक्रममा चरचित कलाकारहरुको बेजोड सांगीतिक प्रस्तुति रहने छ ।

कार्यक्रममा तामाङ चलचित्रका नायक बिजय थोकर, गायक प्रकाश तामाङ, गायिका सुमिना लो र गायिका प्रकृति थिङको विशेष प्रस्तुति रहने छ भने साथमा स्थानिय डम्फु गीत खान्दोके सेलो प्रस्तुति पनि हुनेछ ।

`आफ्नो भाषा, संस्कार , संस्कृति तथा लिपिको प्रबर्द्धन गरौं सोनाम ल्होछार सांस्कृतिक पर्वको रुपमा विकाश गरौं ´ ह्याङला भाषा ह्याङ ग्योई, ज्याबा डान्बा छेरेङ्गै भन्ने मुल नाराका साथ आयोजित यस कार्यक्रम यहि मिति २०७७ फागुन २९ गते चौतारा सांगाचोकगढि नगरपालिका वडा -९ मुलखर्क स्कुल डाँडामा हुनेछ ।

ल्होछारको शुभकामना आदानप्रदान एवम बेजोड सांगीतिक कार्यक्रम सफल पार्नका निमित्त सबै ल्होछार प्रेमिहरु कार्यक्रममा उपस्थित भईदिन आयोजकले विनम्र अनुरोध समेत गरेको छ ।

कार्यक्रम विशुद्ध रुपमा सांगीतिक कार्यक्रम भएकोले कार्यक्रमले सबैलाई मनोरञ्जन प्रदान गर्नेमा आयोजक ढुक्क रहेको आयोजकका एक सदस्य समीर तामाङले जानकारि दिनु भयो ।

भिडियो ल्होछार गीत