तिप्लिङ न्यूज
मिति २०७७ फागुन २१
भक्तपुर

नृत्य निर्देशक संघ नेपाल भक्तपुर शाखाको सुपर डान्सर भक्तपुर सिजन २ फाइनल कार्यक्रम ठिमी बैंक्वेट ठिमीमा सम्पन्न भएको छ ।

नृत्य निर्देशक संघ नेपाल भक्तपुर शाखाको अध्यक्ष दिपक बज्राचार्यको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा मध्यपुर ठिमीका नगर प्रमुख मदन सुन्दर श्रेष्ठ प्रमुख अतिथ नृत्य निर्देशक संघ नेपालका केन्द्रीय अध्यक्ष भुवन दास श्रेष्ठ विषेश अतिथि रहनु भएको थियो ।

अन्य अतिथिहरुमा नृत्य निर्देशक संघ नेपाल केन्द्रीय सह-कोषाध्यक्ष केशव कोईराला काठमाडौं जिल्ला शाखाका अध्यक्ष बुद्ध लामा,उपाध्यक्ष अर्जुन लामा ,सचिव देवराज गुरुङ ,सह -सचिव विमल राई कार्य समिति सदस्य अनिल भुजेल ,ललितपुर जिल्ला शाखाका सह-सचिव सुरेन्द्र देसारको उपस्थित रहेको थियो ।

त्यस्तै गरि नृत्य निर्देशक प्रेमलाल श्रेष्ठ ,महेश प्रकाश हाडा,समाजसेवी प्रभु भक्त श्रेष्ठ तथा पत्रकार सागर गुरागाईको उपस्थिति रहेको थियो । नृत्य निर्देशक संघ नेपाल केन्द्रीय बरिस्ठ उपाध्यक्ष प्रदिप मान श्रेष्ठ ,केन्द्रीय महासचिव नृपध्वज खत्री तथा काठमाडौं जिल्ला शाखाका निवर्तमान अध्यक्ष दक्षिणा लामा निर्णायकमा रहनु भएको थियो ।

भक्तपुर जिल्ला भरिका बिद्यालय बाट छनौट हुदै फाइनल चरणमा जुनियरमा कक्षा १ देखि ५ सम्मका २० जना र सिनियर तर्फ कक्षा ६ देखि १० सम्मका २० जनाको सहभागी रहेको थियो । टप २० बाट प्रथम दृतिय र तृतियको छनोट गरिएको थियो ।

मध्यपुर ठिमी नगरपालिका मुख्य प्रायोजक रहेको उक्त कार्यक्रममा जुनियर तर्फ प्रथम समिक्षा मोक्तान भक्तपुर निस्ट स्कुल, दृतिय रेजिना लामा लर्ड बुद्ध स्कुल र तृतिय मिस्टि श्रेष्ठ माउन्ट सिनाइ स्कुलका छात्राहरु क्रमश प्रथम ,द्वितीय र तृतीय हुन सफल भएका छन् ।

त्यस्तै गरि सिनियर तर्फ सञ्जु लामा लर्ड बुद्ध स्कुल,कुसुम आले मगर बुद्दोदय पाठशाला स्कुल रअमिशा मल्ल सिभियम स्कुल क्रमश प्रथम ,द्वितीय र तृतीय हुन सफल भएका छन् ।

सम्पूर्ण विजयी विद्यार्थीहरु लाई प्रमुख अतिथि र विशेष अतिथिले नगद १५०००,१०००० र ५००० सहित शिल्ड तथा प्रमाणपत्र प्रदान गर्नुभएको थियोे । अन्य सहभागीले पनि मायाको चिनो र प्रमाणपत्र पाएको थियोे ।

उक्त कार्यक्रममा नृत्य निर्देशक संघ नेपाल भक्तपुर शाखाका सचिव तथा कार्यक्रम संयोजक चुडामणि फुयाल लाई संघले सम्मान गरेको थियोे । सभापति दिपक बज्राचार्यले कार्यक्रम समापन गर्दै सम्पूर्ण लाई धन्यवाद दिनुभएको थियो ।कार्यक्रम सञ्चालन नृत्य निर्देशक संघ नेपाल भक्तपुर शाखाका सदस्य रञ्जना शितिखु र केन्द्रीय सदस्य ऋषिकेश श्रेष्ठ ज्युले गर्नुभएको थियो ।

कार्यक्रममा मिडिया पार्टनर र सहयोगि संघ संस्थालाई सम्मान स्वरुप मायाको चिनो प्रदान गरिएको थियो ।