तिप्लिङ न्यूज
मिति २०७७ फागुन १९ गते
काठमाडौं

गीत संगीतमा चर्चित सांगीतिक ब्याण्ड मंगोलियन हाटका गायक राजु लामाको आवाजमा “शैलुङ्गे मेला” गीत सार्वजनिक भएको छ ।

गीतमा शब्द संगीत अनिल लामाको रहेको छ भने फणीन्द्र राईको संगीत संयोजन रहेको छ । मित्र लामाले गीतको अडियो मिक्सिङ मास्टरिङ गरेका हुन् ।

गीतलाई राजधानीको महाराजगञ्ज स्थित रोयल पार्टी भेन्यूमा एक कार्यक्रम गरी सार्वजनिक गरिएको थियो ।

कार्यक्रममा नेपाली काङ्ग्रेसका नेता पुर्व सांसद तिर्थ लामा प्रमुख अतिथिका रूपमा थिए भने विशेष अतिथिका रूपमा मंगोलियन हार्टका गायक राजु लामा उपस्थिति थिए ।

थुप्रै गायक तथा संगीतकारहरुको बाग्लो उपस्थितिमा सार्वजनिक भएको भिडियोलाई छोटो समयमा सबैले रुचाएको छ ।

शैलुङ लगायत त्यसको आसपासमा छायांकन गरिएको यस भिडियोमा गायक राजु लामाका साथमा एलिसा राई र साजन मोक्तानको अभिनय रहेको छ । सोनाम पाख्रीनको निर्देशन रहेको सो भिडियोलाई पवन सुस्लिङ्ले सम्पादन गरेका हुन् ।

पूरा भिडियो हेर्नुहोस