तिप्लिङ न्यूज
मिति २०७७ पागुन १७
सिन्धुपाल्चो

एक घर एक डम्फु, प्रत्यक घरमा लुङदार दर्ज्यु भन्ने मुल नाराका साथ आयोजित बृत ल्होछार सांस्कृतिक कार्यक्रम भब्य रुपमा सम्पन्न भएको छ । सिन्धुपाल्चोक जिल्लाको पाँचपोखरि थाङपाल गाउँ पालिका -५ गुन्सामा भएको ल्होछार सांस्कृतिक कार्यक्रममा हजारौं दर्शकको सहभागिता थियो ।

तामाङ उत्थान युवा सरोकार समितिको आयोजनामा भएको कार्यक्रम रबि थिङ तामाङको सभापतित्वमा सु-सम्पन्न भएको छ ।

बागमति प्रदेश सभा सदस्य प्रभात लामाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नेपाली काङग्रेसका २ नम्बर क्षेत्रिय सभापति आईतमान तामाङ (ज्ञानु)विशेष अतिथिका रुपमा उपस्थित हुनुहुन्थ्यो ।

कार्यक्रममा सहभागी हुँदै प्रमुख अतिथि र विशेष अतिथि एवम अन्य अतिथिहरुले ल्होछारको शुभकामना दिदै अब तामाङहरुले सांस्कृतिक मात्रै नभई आर्थिक क्रान्ति समेत गर्नु पर्ने बताउनु भयो ।

तामाङ सांस्कार , संस्कृति , भेषभुषा र भाषाको संरक्षन गर्ने उदेश्यले कार्यक्रम आयोजना गरिएको कार्यक्रम सह-संयोजक बाबुलाल बोम्जनले जानकारि दिनु भयो । 

कार्यक्रममा राष्ट्रिय एवम स्थानिय कलाकारको बेजोड सांगीतिक प्रस्तुति भएको थियो ।

कलाकारहरु बरिष्ठ सेलो गायक प्रेम लोप्चन , बरिष्ठ सेलो गायिका इन्दिरा गोले , बरिष्ठ गायक रोज मोक्तान, गायक लोकेन लामा , गायक आस्मान लोप्चन , गायक प्रदिप लामा, गायक संजय लामा, गायक अदिप बाबू , गायिका रोस्ना लुङबा , निर्देशक यद्ध लामा , मोडल रमेश ब्लोन र मोडल मोनिका लामाले कार्यक्रममा विशेष प्रस्तुति दिएका थिए ।

यहि मिति २०७७ फागुन १६ गते पाँच पोखरि थाङपाल -५ गुन्सामा भएको कार्यक्रम संचालन भने चेङा ज्याबा ह्योल्मोले गरेकि थिईन । कार्यक्रमलाई पासाङ लामाले विशेष सहयोग गरेको थियो । कार्यक्रमलाई सफल पार्न साथ सहयोग गर्नु र कार्यक्रममा उपस्थित हुनुहुने सबैलाई आयोजकले विशेष धन्यवाद यसै मिडिया द्वारा दिएका छन ।

ल्होछार गीतको भिडियो पनि हेर्नुहोस