तिप्लिङ न्यूज
मिति २०७७ पागुन १३
सिन्धुपाल्चोक

एक घर एक डम्फु, प्रत्यक घरमा लुङदार दर्ज्यु भन्ने मुल नाराका साथ सिन्धुपाल्चोक जिल्लाको पाँचपोखरि थाङपाल गाउँ पालिका -५ गुन्सामा बृहत् ल्होछार सांस्कृतिक कार्यक्रम हुने भएको छ ।

तामाङ उत्थान युवा सरोकार समितिको आयोजना राष्ट्रिय कलाकारहरुको साथमा कार्यक्रम हुन लागेको हो ।

बागमति प्रदेश सभा सदस्य प्रभात लामाको प्रमुख आतिथ्यतामा हुने कार्यक्रममा पाँचपोखरि थाङपाल गाउँ पालिका प्रमुख टासि लामा र नेपाली काङग्रसका २ नम्बर क्षेत्रका क्षेत्रिय सभापति आईतमान तामाङ विशेष अतिथिका रुपमा हुनेछन ।

तामाङ सांस्कार , संस्कृति , भेषभुषा र भाषाको संरक्षन गर्ने उदेश्यले आयोजना गरिएको कार्यक्रममा राष्ट्रिय एवम स्थानिय कलाकारको बेजोड सांगीतिक प्रस्तुति रहने छ ।

कलाकारहरु बरिष्ठ सेलो गायक प्रेम लोप्चन , बरिष्ठ सेलो गायिका इन्दिरा गोले ,गायक लोकेन लामा , गायक आस्मान लोप्चन , गायक प्रदिप लामा, गायक संजय लामा, गायक अदिप बाबू , गायिका रोस्ना लुङबा , निर्देशक यद्ध लामा , मोडल रमेश ब्लोन , मोडल मोनिका लामा र मोडल याङ्कि दोङको कार्यक्रममा विशेष प्रस्तुति रहनेछ ।

यहि मिति २०७७ फागुन १६ गते पाँच पोखरि थाङपाल -५ गुन्सामा हुने कार्यक्रमको संचालन भने चेङा ज्याबा ह्योल्मोले गर्नेछिन । कार्यक्रमलाई पासाङ लामाले विशेष सहयोग गरेको छ । कार्यक्रमलाई सफल पार्न साथ सहयोग गर्न र कार्यक्रममा उपस्थित भएर कार्यक्रमको सोभा बढाईदिन आयोजकले सबैलाई अनुरोध समेत गरेको छ

ल्होछार गीतको भिडियो पनि हेर्नुहोस