तिप्लिङ न्यूज
मिति २०७७ फागुन ११ काभ्रे

२८५७ लाङ ल्हो सोनाम ल्होछारको अवसरमा काभ्रेपलान्चोकमा बृहत् ल्होछार सांस्कृतिक कार्यक्रम संगै प्ररवचन हुने भएको छ ।

सोनाम ल्होछार कार्यक्रम मुल समारोह समितिको आयोजनामा बृहत् कार्यक्रम हुन लागेको हो ।

ल्होछार कार्यक्रममा राष्ट्रिय तथा स्थानिय कलाकारहरुको विशेष प्रस्तुति रहने छ। लामा गुरु श्री लोपेन छेवाङ नोर्बुको मुखारबिन्दुबाट प्रवचन हुनेछ । कार्यक्रममा गायक बैरागि मोक्तान , गायक आस्मान लोप्चन, गायक मुस्कान योन्जन, गायक बिजय थोकर, गायिका रोस्ना लुङबा, कबिन योन्जन, कोशिस थोकर , वाङछु राज वाईबा , सृजना किराँती र रिना लामाको बेजोड सांगीतिक प्रस्तुति रहनेछ ।

कार्यक्रम यहि मिति २०७७ फागुनको १६ गते मण्डनदेउपुर-३ नयाँगाउँ मानेडाँडा काभ्रेपलान्चोकमा हुँदै छ ।

आफ्नो भाषा, संस्कार, संस्कृति र भेषभुषाको जगेर्ना गर्ने उदेश्यले आयोजना गरेको ल्होछार कार्यक्रममा पायक पर्ने सबैलाई उपस्थितिका लागि आयोजक परिवारले हार्दिक अनुरोध समेत गरेका छन । कार्यक्रम विहानको ११ बजे बाट सुरुहुने छ।