तिप्लिङ न्यूज
मिति २०७७ माघ २६ गते
काठमाडौ

मौलिक तामाङ सेलो भाका `हलोमा छप्पा´ बोलको गीतको भिडियो सहित सार्वजनिक भएको छ ।

बरिष्ठ सेलो गायक प्रेम लोप्चनको मौलिक सेलो गीतमा प्रेम लोप्चनलाई बरिष्ठ सेलो गायिका ईन्दिरा गोलेले साथ दिएकि छिन ।

तीन दशक लामो सांगीतिक यात्रामा गायक प्रेम लोप्चनको थुप्रै गीतहरु चरचित बने र कति गीतहरु अमर छन अब यो गीतले पनि स्रोता दर्शकको मन जित्नेमा कुनै दुई मत छैन ।

सिन्धुपाल्चोक जिल्लाको पर्यटकिय क्षेत्र पाँचपोखरि , नवलपुरको गुफा डाँड,ठुलो ओख्रेनि , गोब्रे लगायतको थुप्रै ठाउन धेरै दिन लगायर छायांकन गरेको भिडियोलाई बाबू राजा केसि(उज्वल)ले निर्देशन गरेका हुन भने सागर लोप्चनले छायांकन गरेको हो ।

नवीन निरौलाले सम्पादन गरेको भिडियोमा गायक प्रेम लोप्चन , राजु लोप्चन , याङ्गि दोङ तामाङ , सुशिला ग्लान , युद्ध लामा, डोल्मा शेर्पा र मोनिका लामाको अभिनय देख्न सकिन्छ ।

गायक प्रेम लोप्चनकै संगीतमा सजिएको गीतको शब्द भने डक बहादुर घिसिङ र प्रेम लोप्चन मिलेर लेखेका हुन ।

राजन इशानले संगीत संयोजन एवम ध्वनि सम्पादन गरेको गीत भर्चुअल स्टुडियोमा रेकर्ड भयको हो । सेलो गीतको भिडियो भने तामाङ टिभि नामक अफिसियल युटुब च्यानल बाट सार्वजानिक गरेको छ ।

भिडियो के कस्तो बनेको छ भिडियो हेर्न तल दिएको लिंकमा थिच्नु होला, धन्यवाद।