तिप्लिङ न्यूज
मितिन २०७७ माघ २०
काठमाडौ

२८५७ औं लाङ ल्हो सोनाम ल्होछारको अवसरमा तिप्लिङ मिडिया हाउसको आयोजनामा बृहत् ल्होछार सांस्कृतिक कार्यक्रम हुने भएको छ ।

काठमाडौको नारायणटार स्थित नबिल फुड ल्याण्डमा हुने कार्यक्रम माघको २५ गते बिहानको ११ बजे सुरु हुनेछ ।

नेपाली कांग्रेस सिन्धुपाल्चोकको जिल्ला सभापति बिकास लामाको प्रमुख आतिथ्यतामा हुने कार्यक्रमको विशेष अतिथिमा नेपाल संस्कृति उत्थान संघको अध्यक्ष मनोत्र झांक्रि हुनेछन ।

बृहत् रुपमा राष्ट्रिय कलाकारहरुको साथमा हुने ल्होछार कार्यक्रमको संयोजक रमेस ब्लोन लामा हुन ।

कार्यक्रममा राष्ट्रिय कलाकारहरु विशाल काल्तान , लोकेन लामा , प्रकाश तामाङ तितुङ , आस्मान लोप्चन, प्रितम तामाङ , ओम तामाङ वाईबा , प्रदिप लामा ,अदिप बाबू, रोस्ना लुङबा , संजय लामा , ईश्वर लामा सुजिना गोले, मोनिका लामा र मियु लोप्चनको विशेष प्रस्तुति रहने छ ।

ल्होछार कार्यक्रमलाई योहो टेलिभिजनका क्रान्ति योन्जनले संचालन गर्नेछन । कार्यक्रम भब्य रुपमा सफल पार्न सबै दर्शक एवम ल्होछार प्रेमि महानुभावहरुलाई कार्यक्रम सम्म आएर कार्यक्रम अवलोकन गरिदिन आयोजकले हार्दिक अनुरोध गरेका छन ।