तिप्लिङ न्यूज
मिति २०७७ माघ १९
सिन्धुपाल्चोक

गोल्चे भुमे युवा परिवार र स्थानीय युवाहरुको सकृयतामा आयोजना बृहत् ल्होछार सांस्कृतिक कार्यक्रम हुने भएको छ ।

२८५७ औं (लाङ ल्हो) सोनाम ल्होछारको अवसरमा बृहत् साँस्कृतिक कार्यक्रम गर्न लागिएको हो । जुगल २ गोल्चे बगरमा हुने उक्त कार्यक्रम यहि माघ २३ गते हुनेछन् ।

“ह्याङ्ला भाषा ह्याङ्ला ग्योई, ज्याबा डान्बा छेह्रेङ्गै” भन्ने नाराका साथ सम्पन्न हुने कार्यक्रम सिन्धुपाल्चोक तामाङ घेदुङ, जुगल तामाङ घेदुङ र जुगल वडा नं. २ का स्थानीय युवाहरुको सक्रियता र समन्वयमा हुने स्थानीय सक्रिय युवा फुलकाजी स्याङ्बो (वानपिस) ले जानकारी दिनुभएको छ ।

त्यस्तै उहाँले सबैमा उपस्थित हुनुभै कार्यक्रम भव्य अनि सभ्य बनाउन हार्दिक निमन्त्रणा समेत गर्नुभएको छ ।

कार्यक्रममा प्रमुख अतिथिका रुपमा पुर्व कानुन मन्त्रि शेर बहादुर तामाङ र बिशेष अतिथिका रुपमा नेकपा केन्द्रीय सदस्य माधव सापकोटा(सुबोध) उपस्थित हुनेछन् ।

साँस्कृतिक कार्यक्रमका लागि ख्याती प्राप्त कलाकारहरु प्रेम लोप्चन, निर्मला घिसिङ, आश्मान लोप्चन, जेबि जिम्बा, प्रीतम तामाङ, रोस्ना लुङ्बा, मोनिका लामा , प्रेमा लोप्चन र सन्जु लामाको बेजोड साँस्कृतिक प्रस्तुति रहने भएको छ ।