तिप्लिङ न्यूज
मिति २०७७ माघ ९
काठमाडौं

गायक आस्मान लोप्चन र गायीका रोस्ना लुङ्बाको स्वरमा रहेको बिलकुलै नयाँ तामाङ सेलो गीत बजारमा आएको छ ।

बेशी घट्टारि बोलको गीतमा कुमार स्याङबाको शब्द र विशाल काल्तानको संगीत रहेको छ भने गीतलाई Click Nepal युटुब च्यानलबाट सार्वजनिक गरेको हो ।

स्टुडियो भिडियो तयार पारि सार्वजनिक गरेको गीतको संगीत संयोजन चाँद सिङ र ध्वनी सम्पादन दिपेश प्रधानले गरेका हुन ।

संजय लामाले खिचेको भिडियोलाई सम्पादन आस्मान लोप्चनलेनै गरेका हुन भने श्रृङ्गार एलिना तामाङले गरेकि छिन ।

गायक आस्मान लोप्चन र संगीतकार विशाल काल्तानको यो चौथौं सहकार्य हो । गायक तथा संगीतकार विशाल काल्तान संगको सहकार्य सधै आफुलाई फापिरहेको बताउने गायक आस्मान लोप्चनले यो सहकार्यले पनि पुर्णता पाउने बिश्वस रहेको बाताए ।

गीत संगीतमा आफ्नो छुट्टै पहिचान बनाई रहेका गायक आस्मान लोप्चनले अहिले सम्म दर्जन भन्दा बढि गीत गाईसकेका छन । आस्मान लोप्चनको चर्चित गीतहरुलाई युटुबमा भेट्टाउन सकिन्छ ।

गीत सुन्न र स्टुडियो भिडियो हेर्न तल थिच्नुहोस