मिति २०७७ माघ ७
सिन्धुपाल्चोक

सिन्धुपाल्चोक जिल्लाको चौतारा सांगाचोकगढि नगरपालिका वडा ११ साँगाचोक मानेडाँडामा विश्व शान्ति पुजा संगै बृहत् ल्होछार सांस्कृतिक कार्यक्रम हुने भएको छ ।

सागाचोकको श्री छिमिटासि छिलिङ्ग गुम्बाको प्राङगनमा हुने कार्यक्रम माघको २६ गते बाट पुजा पाठ भई ३० गते सांस्कृतिक कार्यक्रम सहित समापन हुनेछ । 

पाँच दिन सम्म हुने विश्व शान्ति पुजा एवम २८५७ औं सोनाम ल्होछार बृहत् सांस्कृतिक कार्यक्रमको आयोजना भने संयुक्त रुपमा छिमिटासि छिलिङ्ग गुम्बा , नेपाल तामाङ घेदुङ चौतारा नगर र राष्ट्रिय आदिवासि जनजानि महिला संघ सिन्धुपाल्चोकले आयोजना गरेको हो ।

कार्यक्रमलाई बृहत् रुपमा सफल बनाउन धर्म गुरु खेन रिम्पोछे फुर्वा दोर्जे पाख्रिन ज्यू र राष्ट्रिय कलाकारहरुको विशेष उपस्थिति रहनेछ ।

ह्याङला भाषा ह्याङला ग्योई, ज्याबा डान्बा छेरेङगै भन्दै घर घरमा सफल्ताका साथ ल्होछार मनाउ भन्ने मुल नाराका साथ कार्यक्रम गर्न लगिएको हो ।