तिप्लिङ न्यूज
मिति २०७७ माघ ४ हेटौंडा

मकवानपुरमा रहेर कलाकारितामा सक्रिय तामाङहरुले स्थापना गरेको मकवानपुर तामाङ कलाकार संघको आयोजनामा आज हेटौैँडामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ ।

संघ औपचारिक रुपमा दर्ता भएको तथा २८५७ औँ सोनाम ल्होछारको अवसरमा शुभकामना आदानप्रपाद कार्यक्रम भएको हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा बागमती प्रदेशसभा सदस्य ओम घलानले तामाहरुको कला, सस्कृति जगेर्ना गरि स्थापना भएको संघको सफलताको शुभकामना ब्यक्त गरे ।

नेपालमा गणतन्त्र प्राप्तीको आन्दोलनमा तामाङ जातीको पनि महत्वपूर्ण भूमिका रहेको भन्दै उनले कला सस्कृति जगेर्ना गर्ने, भाषालिपिलाई समेत अझ परिस्कृत गर्दै लैजाने कुरामा तामाङ समुदायले ध्यान दिन जरुरी रहेको बताए ।
कार्यक्रममा नेपाल तामाङ घेदुङ संघका केन्द्रीय सदस्य सुनिल मोक्तान, बागमती प्रदेश अध्यक्ष लिलाकुमार घलान, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सानु लामा सहित तामाङ कलाकारहरुको सहभागिता रहेको थियो । कार्यक्रम संघका अध्यक्ष धिरेन्द्र लामाको अध्यक्षतामा भएको हो ।

भिडियो