तिप्लिङ न्यूज
मिति २०७७ पुस २८

नृत्य निर्देशक संघ नेपाल ,भक्तपुर शाखाको सम्मान तथा बधाई कार्यक्रम नमस्ते ख्वपा टेलिभिजनको कार्यालय गठ्ठाघर भक्तपुरमा सम्पन्न भएको छ।

कार्यक्रममा प्रमुख अतिथि मध्यपुर थिमी नगरपालिकाका प्रमुख मदन सुन्दर श्रेष्ठ रहनु भएको थियो ।कार्यक्रममा सभापति नृत्य निर्देशक संघ नेपाल ,भक्तपुर शाखाका अध्यक्ष दिपक बज्राचार्य हुनुहुन्थ्यो ।

पुर्ण बहादुर स्याङतान
पुर्ण बहादुर स्याङतान

विशिष्ट अतिथि नृत्य निर्देशक संघ नेपालका केन्द्रीय अध्यक्ष भुवन दास श्रेष्ठ हुनुहुन्थ्यो ।कार्यक्रमको अतिथिहरुमा नृत्य निर्देशक संघ नेपालका केन्द्रीय महासचिव निरिप ध्वज खत्री ,नृत्य निर्देशक संघ नेपाल काठमाडौं शाखाका अध्यक्ष बुद्घ लामा ,सह-कोषाध्यक्ष छिरिङ लामा ,ललितपुर जिल्ला शाखाका सह-सचिव सुरेन्द्र देशार तथा नमस्ते ख्वप टिभीका प्रवन्ध निर्देशक ऋषिकेश श्रेष्ठ तथा पत्रकार सागर गुरागाई रहनु भएको थियो । 

कार्यक्रमको उद्घाटन प्रमुख अतिथि द्वारा नाट्येश्वरिमा धुप बालेर भएको थियो भने स्वागत मन्तव्य नृत्य निर्देशक संघ नेपाल भक्तपुर शाखाकि उपाध्यक्ष नारायणी थापामगरले दिनुभएको थियोे ।

राष्ट्रिय गानबाट सुरु भएको कार्यक्रममा केन्द्रीय महासचिव निरिप ध्वज खत्री ,काठमाडौं जिल्ला शाखाका अध्यक्ष बुद्ध लामा ,ललितपुर जिल्ला शाखाका सह-सचिव सुरेन्द्र देशार तथा नमस्ते ख्वप टिभीका प्रबन्ध निर्देशक ले आफ्नो आफ्नो धारणा राख्नु भएको थियो । 

सम्मान तथा बधाई कार्यक्रममा अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज(ईनास)ले आयोजना गरेको ईनास ग्लोबल अनलाइन नृत्य प्रतियोगितामा नेपाल बाट सहभागिता जनाई क्रमशः पुर्ण बहादुर स्याङ्तान,शेखर घर्ती तथा रविता मगर प्रथम ,द्वितीय तथा तृतीय भएकोमा हार्दिक बधाई दिदै नृत्य निर्देशक संघ नेपाल भक्तपुर शाखाले सम्मान गरेको छ ।

नेपाल सरकारले राष्ट्रिय युवाप्रतिभा सम्मान -२०७७ बाट सम्मानित व्यक्ति महेश प्रकाश हाडा लाई पनि नृत्य निर्देशक संघ नेपाल,भक्तपुर शाखाले सम्मानित गरेको छ।सम्मानित व्यक्तिहरुलाई कार्यक्रमका प्रमुख अतिथि ले सम्मान पत्र ,बिशिस्ट अतिथिले दोसल्ला तथा सभापतिले टीका लगाई सम्मान गर्नुभएको थियो । साथै सम्पूर्ण सदस्यहरु लाई सदस्यताको प्रमाणपत्र पनि वितरण गरिएको थियो ।

सम्मानित व्यक्तिहरुले आफ्नो भनाइ राख्दै नृत्य निर्देशक संघ नेपाल भक्तपुर शाखालाई धन्यवाद दिनुभएको थियो । कार्यक्रममा बोल्दै विशिष्ट अतिथि नृत्य निर्देशक संघका केन्द्रीय अध्यक्ष भुवन दास श्रेष्ठ ज्युले सम्पूर्ण सम्मानित व्यक्तिलाई बधाई दिदै सबै नृत्य निर्देशक लाई एक भई अगाडि बढ्न पनि अनुरोध गर्नुभएको थियो ।

प्रमुख अतिथिले सम्पूर्ण जिल्लामा नृत्य निर्देशक संघको शाखा बिस्तार गर्न सुझाव दिदै नृत्य निर्देशक संघ नेपाल भक्तपुर शाखा सँग सहकार्य गर्ने कुरा पनि राख्नुभएको थियो ।

नृत्य निर्देशक संघ नेपाल ,भक्तपुर शाखाले मध्यपुर थिमि नगरपालिकालाई पहिलो अन्तरास्ट्रिय पुरस्कार एसियन टाउन स्केप अवार्ड 2020 दिलाउन सफल भएकोमा नगर प्रमुख तथा कार्यक्रमका प्रमुख अतिथि मदन सुन्दर श्रेष्ठलाई विशेष सम्मान गरेको छ ।

कार्यक्रम समापन गर्दै सभापतिले सम्पूर्ण लाई धन्यवाद दिनुभएको थियोे ।कार्यक्रम सञ्चालन नृत्य निर्देशक संघ नेपाल भक्तपुर शाखाका सचिव चुडामणि फुयालले गर्नुभएको थियोे ।