तिप्लिङ न्यूज
मिति 2077 – 09- 10

”झ्याल्ला पर्दा क्यार लाउले,ङाअी च्याला,
झ्याल्ला पर्दा क्यार लसाम् ङ पेला” भन्ने निकै मार्मिक शब्दबाट शुरूवात गरेको नयाँ गीत चर्चित गायक तथा संगीतकार निमा दोङको बिल्कुलै फरक धारका तामाङ प्रेमगीत”झ्याल्ला पर्दा क्यार लाउले”मा चर्चित नायक सागर घिसिङ, प्रयास वाइवा र स्मारिका थिङले निकै सशक्त अभिनय गरेका छन् ।

तामाङ चलचित्रमा नायकको भुमिका देखिने नायक सागर घिसिङ पछिल्लो समयमा म्युजिक भिडियो तिर निकै ब्यस्त रहेको छन् ।

युवा व्यवसायी तिर्थ लामा, पाल्साङ दोङ र सोनिया वाइवाको संयुक्त निर्माणमा निर्माण भएको “झ्याल्ला पर्दा क्यार लाउले,ङाअी च्याला” गीतका म्युजिक भिडियोलाई वरिष्ठ संगीतकार तथा गायक चन्द्रकुमार दोङको प्रमुख आतिथ्यतामा भक्तपुर सेकुवा एक्सप्रेसमा एक विशेष कार्यक्रमको आयोजना गरी सार्वजनिक भएको छन् ।

चर्चित गायक तथा संगीतकार निमा दोङको शब्द,संगीत रहेको यस गीतमा भने गायक निमा दोङ, गायिका पुजा बोम्जनका सुमधुर अावाज रहेका छन् ।

अजय स्याङतानद्वारा निर्देशन गरेका भिडियोलाई छायांकन तर्फ विक्रम मोक्तानले गरेको थियोे । वरिष्ठ एरेञ्जर चाँद सिँ को एरेञ्ज रहेको गीतमा मिक्सिङ भने गोविन्द सोनीले गरेका थिए।

उक्त कार्यक्रमका विशेष अतिथि राष्ट्रिय घेदुङका महासचिव प्रविन बल,वरिष्ठ जनता टेलिभिजनका महाप्रबन्धक वरिष्ठ पत्रकार दिपेन्द्र दोङ,तामाङ कलाकार संघका अध्यक्ष सञ्जिब वाईवा, चर्चित संगीतकार तथा गायक टीका बोम्जन लगायत अन्य अतिथिहरुको उपस्थित रहेको थियोे ।

म्युजिक भिडियोमा काठमाडौं र सिन्धुपाल्चोक जिल्लाको अामा याङरी लगायतका विभिन्न स्थानहरू दृश्य देख्न सकिनेछ ।भने उक्त कार्यक्रम गायक तथा संगीतकार निमा दोङको सभापतित्वमा सम्पन्न भएको थिए।

भिडियो हेर्नुस्