तिप्लिङ न्यूज
मिति २०७७ पुस ६

जनगाएक सागर परियाले जातीय छुवाछूत र विभेद सम्बन्धि चेतनामूलक साङ्गितिक कोशेली सार्वजनिक गरेको छ ।

गायक सागरले जातिय छुवाछुत र विभेद सम्बन्धि `अछुत´ बोलको गीत सार्वजनिक गरेको हो । अमीत घिमेरेले शब्द रचना गरेको गीतमा संगीत सागर परियारकै रहेको छ ।

जन गायक सागर परियारलाई गायनमा जन गायिका निर्मला घिसिङले साथ दिएकि छिन । सुन्दर लामाले संगीत संयोजन र ध्वनि सम्पादन गरेको गीत त्रिताल रेकर्डिङ स्टुडियोमा रेकर्ड भएको हो ।

Click Nepal युटुब च्यानलबाट सार्वजानिक गरेको `अछुत´ बोलको गीतको भिडियो निर्देशन सम्पादन र छायांकन आस्मान लोप्चनले गरेका हुन

हाम्रो समाजमा बिद्धमान जातिय भेदभाव तथा छुवाछूत को अन्त्य गरि सम्मुन्त, सभ्य र समतामूलक समाज निर्माण गर्न यो गीतले जागरण पैदा गर्ने निर्माण पक्षले बिश्वास लिएको छ । भिडियो हेर्नुहोस