तिप्लिङ न्यूज

मिति २०७७ मंसिर १० काठमाडौ ||

हाम्रो छार तामाङ्ग समाज हेटौंडा -१८ को प्रस्तुतिमा माैलिक तामाङ्ग सेलो गित ताम्बाहै लामा बोन्बो बोलको गित सार्वजानिक भएको छ ।

छार तामाङ समाजकै अध्यक्ष बिजय पाख्रिनको शब्द र प्रकाश तामाङ तितिङको स्वर संगीत रहेको गीत प्रकाश तामाङ तितुङ अफिसियल युटुब च्यानलबाट सार्वजानिक भएको हो ।

तामाङ सेलो भाकामा रहेको यो गित समग्र तामाङ्गहरु को धर्म,सँकृति,सस्कार बचाउनु पर्छ अनि हाम्रो तामाङ्ग समाजको खम्बा धरोहर जन्म देखि मरन सम्म चाहिने ब्यतित्वो ताम्बा,लामा र बोन्बो लाई जगेर्ना गर्नु पर्छ जो बिना हामि अपुरो अधुरो हुन्छाै भन्ने भावले निर्माण गरेको बताउछन बिजय पाख्रिन ।

बिशुद्ध सेवा सन्देस मुलक रहेको यो गीत सबै माझ्मा पुराउन निर्माण पक्षले सबैललाई आग्रह समेत गरेका छन । आगा लामाले संगीत संयोजन गरेको यस गीत लाइट स्टुडियोमा रेकर्ड भएको हो । गितको ध्वनि सम्पादन भने एस.बि मुस्कानले गरेका हुन ।

ताम्बाहै लामा बोम्बो गीत सुन्नुहोस