तिप्लिङ न्यूज
मिति २०७७ मंसिर ५

सिन्धुपाल्चोक जिल्लाकै ठुलो मेलाको रुपमा लिईने गौरती भिमेश्वरको मेला यस वर्ष नहुने भएको छ ।

कोभिड-१९ को महामारीको कारण यसवर्ष मेला नहुने भएको हो । जिल्ला प्रशासन कार्यालय , सिन्धुपाल्चोकले यस वर्ष मेला नगर्न आग्रह गरेपछि गौरती मन्दिर व्यवस्थापन समितिले यस्तो निर्णय गरेको हो ।

मेला नहुने भएपछि श्रद्धालुहरूलाई मन्दिर नआउन समितिले आग्रह समेत गरेको छ । मेला अवधिभर मन्दिरमा कुनै बलि समेत नहुने भएको छ ।

मेलालाई लक्षित गरि सो क्षेत्रमा निर्माण गरिने व्यापारीक स्टल नबनाउन समेत समितिले आग्रह गरेको छ । यसबर्ष मन्दिर क्षेत्रमा कुनै पनि व्यापारीक गतिविधि सञ्चालन हुने छैन ।

मन्दिरमा पहिलेदेखि नै हुँदै आएको मुल पुजा र गुठि पुजा भने सामान्य रुपमा मात्रै सञ्चालन गरिनेछ ।

खान्दोके सेलो जुहारि    https://youtu.be/VXRxZqtyL9w