तिप्लिङ न्यूज
मिति २०७७ कार्तिक २४
काठमाडौं

गायक एंव संगीतकार कर्साङ लामा र गायिका जितु लोप्चनको स्वरमा रहेको  ‘कान्छिला जवानी’ (रोशी स्योङला तिर -२) बोलको गीत बजारमा आएको छ ।

उक्त गीत म्हार्मेन मिडियाको अफिसियल युटुब च्यानलबाट सार्वजानिक गरिएको हो ।

गीतकार एंव सञ्चारकर्मी विवेक लोप्चनले लेखेको  गीतलाई कर्साङ लामालेनै संगीत, संगीत संयोजन र ध्वनि सम्पादन गरेका हुन भने जेम्स जिम्बाले र्याप सृजना गरेका हुन ।

गंगाराम राई र कोष बोम्जको छायांकनमा बनेको उक्त भिडियोलाई हेरुका लामाले  निर्देशन गरेका हुन । मनोज कार्कीले सम्पादन रंग संयोजन गरेको भिडियो समग्रमा राम्रै बनेको छ ।

भिडियोमा हेरुका लामा,कर्साङ लामा दोङ ,जेम्स जिम्बा तामाङ, आकाङक्षा लामा र सुजता तामाङको अभिनय रहेको छ ।

तामाङ चलचित्र जगतका नायक अमिर दोङ, चर्चित हाँस्य कलाकार कुइसाङ रुम्बा र अमिता दोङलाई भिडियोमा अतिथि कलाकारको रुपमा देख्न सकिन्छ ।

भिडियो