तिप्लिङ न्यूज
मिति २०७७ कार्तिक १९
काठमाडौं

गायक दिनेश तामाङको डम्फुत बज्यो बोलको गीतको भिडियो बजारमा आएको छ ।

आस्मान लोप्चनको शब्द , प्रकाश तामाङ तितुङको संगीत रहेको गीतको संगीत संयोजन चाँद सिङले गर्नु भएको हो । डम्फु त बज्यो ताकधुई ताल बोलको गीतको भिडियोमा भने पुसन लामा , किरन ब्लोन र आयुसा लामाको अभिनय देख्न सकिन्छ ।

ओम तामाङ वाईबाले निर्देशन गरेको गीतको भिडियोको छायांकन कोष बोम्जनले गरेका हुन भने सम्पादन आस्मान लोप्चनले गरेका छन ।

दिनेश तामाङको आफ्नै युटुब बाट सार्वजानिक गरेको गित डम्फु त बज्योलाई स्रोता दर्शकले युटुबमा दिनेश तामाङ सर्च गर्नु भयो भने भेट्टाउन सकिन्छ ।

अहिले सम्म तीन वटा गीत बजारमा ल्याएको दिनेश तामाङ गायन संगै , लघु चलचित्र र भिडियो निर्माणमा समेत सक्रिय छन ।

हातको सफाई यानिकि जादुगर समेत हुन दिनेश तामाङ । सिन्धुपाल्चोक जिल्लाको पाँचपोखरि थाङपाल गाउँ पालिका वडा नम्बर ८ लांगर्चे लप्सेमा आप्पा धन दोर्जे तामाङ थिङ र आमा बिबि माया बोम्जनको कान्छो छोरोको रुपमा जन्म भएको दिनेश तामाङको ५ दिदी हुनुहुन्छ ।

अहिले सम्म तीन वटा गीत गाईसकेका गायक दिनेश तामाङ को पहिलो गीत याम्बु सहरमा , दोस्रो डम्पु त बज्यो र तेस्रो ओठमा लालि बोलको गीत हो ।

२०७४ सालमा पहिलो गीत रेकर्ड गराएका दिनेश निरन्तर गीत संगीतमा लाग्ने बताउनु हुन्छ ।

भिडियो