तिप्लिङ न्यूज
मिति २०७७ असोज २७
काठमाडौं

नव गायिका पुजा तितुङको पहिलो गीत हिमाल पारि युटुब मार्फत सार्वजानिक भएको छ।

गायिका पुजा तितुङकै शब्द रहेको गीतको भिडियो Click Nepal युटुब च्यानल बाट सार्वजानिक भएको हो ।

बुद्ध स्याङबाको संगीत र संगीत संयोजनमा तयार भएको गीतको भिडियोमा पुजा तितुङ र गणेश लामा तामाङको अभिनय देख्न सकिन्छ ।

बुद्ध स्याङबाज् स्टुडियोमा रेकर्ड भएको गीतको ध्वनि सम्पादन पनि बुद्ध स्याङबालेनै गरेका छन ।
भिडियोको निर्देशन बुद्ध लामा तितुङले गरेका हुन भने छायांकन सम्पादन दिप्सन डंगोलले गरेका हुन । भिडियोमा पुजा र गणेशको प्रेमलाई देखाईएको छ ।

भिडियो समग्रमा रामै बनेको प्रतिक्रिया आएको छ । पुजा तितुङको गीत संगीतमा यो पहिलो प्रयास हो । आफ्नो पहिलो प्रयास भएकोले सबैले भिडियो हेरेर गीत सुनेर माया गरिदिन र सेयर गरेर स्रोता दर्शक माझ पुराउन गायीक पुजा तितुङले सबैलाई आग्रह समेत गरेका छन ।

भिडियो हिमाल पारि