तिप्लिङ न्यूज
मिति २०७७ असोज २६
काठमाडौं
अन्तराष्ट्रिय नेपाली कलाकार समाज (INAS) ले अयोजना गरेको अन्तराष्ट्रिय अनलाईन नृत्य तथा गायन प्रतियोगिता बाट नृत्य विधामा प्रथम , दृतिय र तृतिय भएका आफ्ना सदस्यहरुलाई नृत्य निर्देशक संघ नेपाल , काठमाडौंले सम्मान गरेको छ ।

एक विशेष कार्यक्रमका विच विजयिहरुलाई बधाई दिदै सम्मान गरेको हो । बुद्ध लामा तितिङको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा , विशिष्ट अतिथि नृत्य निर्देशक संघ नेपालका केन्द्रीय अध्यक्ष भुवनदास श्रेष्ठ , विशेष अतिथि केन्द्रीय महा- सचिव निरिपध्वज खत्रि , केन्द्रीय सह-कोषाध्यक्ष केशव कोईराला, गायक तथा संगीतकार सुसन लामाको विशेष उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो ।
अन्तराष्ट्रिय अनलाई नृत्य प्रतियोगीतामा प्रथम पुर्ण बहादुर स्याङतान , दृतिय शेखर घर्ति र तृतिय रबिता मगर भएका छन । सम्मान तथा बधाई कार्यक्रममा विजयिअरुलाई सम्मान पत्र र खादा ओडाई सम्मान गरेका थिए ।

काठमाडौको कपन स्थित नमस्ते डान्स एकेडेमिमा भएको कार्यक्रमको संचालन भने नृत्य निर्देशक संघ नेपाल काठमाडौ का सचिव देवराज गुरुले संचालन गरेका हुन
अनलाई नृत्य प्रतियोगीता बाट बिजयिहरुले क्रमश प्रथम हुनेले ५१ हजार सहित प्रमाण पत्र र ट्रफि पाउनेछन भने दृतियले २५ हजार नगद प्रमाण पत्र र ट्रफि तृतियले १५ हजार नगद प्रमाण पत्र र ट्रफि पाउने भएका छन ।
प्रतियोगीताका प्रथम यानिकि विजयिले एक बर्ष कार्यवाहक हुने गरि INAS को राजदुत हुन पाउनेछ ।
MUSIC VIDEO
https://www.youtube.com/watch?v=9CryPqL2jGY