तिप्लिङ न्यूज
मिति २०७७ असोज २५
सिन्धुपाल्चोक

तामाङ सेलो गीत अल्लारे ठिटि यति बेला युटुब मार्फत सार्वजानिक भएको छ ।

गायक सुसन योञ्जनको स्वरमा रहेको गीत अल्लारे ठिटि क्लिक नेपाल युटुब च्यानल बाट सार्वजानिक भएको हो ।

कलम योञ्जन र गुन्ज योञ्जनको शब्द अनिश योञ्जनको संगीतमा बनेको गीतको संगीत संयोजन पनि सुन्दर लामा योञ्जनलेनै गरेका हुन ।

त्रिताल रेकर्डिङ स्टुडियोमा रेकर्डिङ भएको गीत समग्रमा राम्रै बनेको छ । सिन्धुपाल्चोक जिल्लाको चौतारा सांगाचोकगढि नगरपालिका वडा नम्बर २ फुल्पिङका सुसन योञ्जनको यो भन्दा अगाढि पनि गीत सार्वजनिक भैसकेको थियो ।

पहिलो गीत सिन्धुपाल्चोके ठिटो भन्ने गीत हो भने दोस्रो भर्खरै सार्वजानिक भएको अल्लारे ठिटिनै हो ।

अल्लारे ठिटि बोलको गीतको भिडियो चाँडैनै स्रोता दर्शक माझ ल्याने र भिडियोमा डेब्यु कलाकार पर्वति लोप्चनलाई देख्न सकिने छ । अल्लारे ठिटि ।।