तिप्लिङ न्यूज
मिति २०७७ असोज ९ काठमाडौं
चुडामणि फुयाल

एम्बिसन एकेडेमी मध्य बानेश्वर काठमाडौंको अनलाइन एकल नृत्य प्रतियोगिता २०७७को फाइनल कार्यक्रम सम्पन्न भएको छ ।

कोभिड-१९ का कारण सम्पूर्ण पठनपाठन बन्द भएको अबस्थामा पनि फुर्सदको समयलाई सदुपयोग गर्दै आफ्नो प्रतिभा प्रस्फुटन गराउन एकल नृत्य प्रतियोगिता आयोजना गरेको हो । उक्त कुरा बिद्यालयका नृत्य निर्देशक चुडामणि फुयालले जानकारी दिनुभएको छ ।

अडिसन राउन्ड ,सेमिफाइनल राउन्ड र फाइनल राउन्ड गरि तीन चरणमा सम्पन्न उक्त कार्यक्रममा घरमा आफुले नाचेको भिडियो पठाउनुपर्ने थियो । समूह A मा कक्षा १ देखि ३ सम्म ,समूह B मा कक्षा ४ देखि ६ सम्म र समूह C मा कक्षा ७ देखि १० सम्म गरि तीन समुहमा बिभाजन गरिएको थियो ।

फाइनल कार्यक्रमका लागि एम्बिसन एकेडेमि बिद्यालयको नृत्य कक्षामा सामाजिक दुरि कायम गर्दै प्रोजेक्टर बाट सम्पूर्ण प्रतिस्पर्धिहरुको नृत्य अवलोकन गरेका थिए । प्रतियोगीताको निर्णायक नृत्य निर्देशक संघ नेपाल,काठमाडौं जिल्लाका अध्यक्ष बुद्ध लामा तितुङ हुनुहुन्थ्यो ।

समूह A बाट अनुष्का कार्की प्रथम ,श्रेयन थापा द्वितीय ,पनिसा राई र युबिना कट्टेल तृतीय तथ गृष्मा मोक्तान र प्रसिद्धि सापकोटा सान्त्वना हुन सफल भएका छन ।

त्यस्तै गरि समूह B बाट चक्छु भट्टराई ,पुरवि अधिकारी ,रेहाना राई र श्रेया विमलि क्रमश प्रथम ,द्वितीय ,तृतीय र सान्त्वना हुन सफल भएका छन ।

समूह C बाट प्रमिला नेपाली ,प्रविज्ञा नेपाल ,श्रेया शाह र अन्तरा घिमिरे प्रथम ,द्वितीय र तृतीय हुन सफल भएका छन।

एम्बिसन एकेडेमिका प्रिन्सिपल बिष्णु प्रसाद घिमिरेले सम्पूर्ण विजयी विद्यार्थीहरुलाई बधाई दिदै सहभागी सम्पूर्ण लाई धन्यवाद दिनुभएको थियोे ।

लघुचलचित्र आत्माअनुशासन