तिप्लिङ न्यूज
मिति २०७७ असोज ६ काठमाडौं

एउटा तामाङ भाषाको र्याप गीतमा समाजलाई अत्यन्तै अपाच्य र सामाजिक , सांस्कृतिक मुल्य मान्यता विपरितका शब्दहरु प्रयोग गरि सामाजिक संन्जाल टिकटकमा सार्वजनिक भएको सामाग्रि प्रति नेपाल तामाङ कलाकार संघको गम्भीर ध्यानाकर्षण भएको छ ।

उक्त असामाजिक सामाग्रि प्रति गम्भीर ध्यानाकर्षण हुँदै तामाङ कलाकार संघले प्रेस विज्ञप्ति मार्फत सम्बन्धित ब्यक्तिको ध्यानाकर्षण गराएको हो । ध्यानाकर्षण संगै खबरदारि पनि गरेको छ ।

यस्तो खालको क्रियाकलाप नगर्न र यस्तो कार्य फेरि दोहोरिएमा त्यस्तो ब्यक्तिको पहिचान गरि यथासिग्र कानुनि बाटोबाट कार्वाहीको प्रक्रिया अघि बढाउने बताएका छन ।

गलत तरिकाले गलत मार्गबाट सफलतामा पुग्छु भन्ने कसैले सोचेको छ भने त्यो कदापि सफल नहुने भन्दै अध्यक्ष सन्जिव वाईबाले त्यस्तो ब्यक्ति एकदिन अवस्य दुर्घटनामा पुगेर टुङ्गिने बताउनु भयो ।

आत्माअनिशासन नहुदा के हुन्छ त्यो पनि बुज्नुस
भिडियो हेर्नुहोस।