तिप्लिङ न्यूज
मिति २०७७ असोज ३ सिन्धुपाल्चोक (आस्मान लोप्चन)

सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँ पालिका वडा नम्बर २ लिदि पहिरो पीडितहरुका लागि नेपाल तामाङ कलाकार संघको संयोजनमा १४ लाख ९४ हजार र नेपाल शेर्पा संघ को २ लाख ९० हजार गरि जम्मा १७ लाख ८४ हजार नगद सहयोग पीडितहरुको हात हातमा वितरण भएको छ। 

सहयोगी संस्था व्यक्तिहरुमा तामाङ सोसाइटी अफ युके बाट रु ७ लाख गायिका तथा जुगल गाउँ पालिका वडा ५ वाङ्कुचे स्थाई घर भइ हाल युकेमा बस्नु हुने सानू वाइबाको सक्रियतामा संकलन भएको ४ लाख ६५ हजार नेपाल शेर्पा संघ को २ लाख ९० हजार सगरमाथा आरोही कान्छी माया तामाङ(स्याङ्बो) को सकृयतामा संकलन भएको १ लाख ६० हजार गायक वैरागी मोक्तान को सक्रियतामा संकलन भएको १ लाख ७ हजार गायक योगेश लामा को सकृयता मा संकलन भएको ६२ हजार गरि जम्मा १७ लाख ८४ हजार सहयोग वितरण गरिएको थियो।

सहयोग रकम मृतक १२ घर परिवार लाई ४० हजारका दरले ४ लाख ८० हजार , घर पुर्ण क्षति भएको १७ घर परिवार लाई २० हजारको दरले ३ लाख ४० हजार , विस्थापित १४३ घर परिवार लाई ६ हजार ५ सयका दरले ९ लाख २९ हजार ५ सय,  १३ जना गर्भवती महिला हरु लाई २ हजार का दरले २६ हजार , २ जना अपांग लाई २ हजारका दरले ४ हजार गरि रकम बाँडिएको थियो ।

सेभ द चाइल्ड फाउन्डेसन का सगरमाथा आरोही कान्छी माया तामाङले पहिरो पिडित महिला हरुका लागि बाला प्याड ९५ प्याकेट वितरण गर्नु भएको छ।

सहयोग रकम वितरण गर्न जिल्ला समन्वय समितीका अध्यक्ष कृष्ण गोपाल तामाङ अन्तर्राष्ट्रिय तामाङ परिषदका वरिष्ठ उपाध्यक्ष टासी लामा नेपाल तामाङ कलाकार संघका अध्यक्ष सन्जिव वाइबा लगायत कलाकार संघकै अन्य प्रतिनिधि हरु कलाकार संघकै बरिस्ठ उपाध्यक्ष एवम गायक विश्वा दोङ, सचिव एवम गायक रोशन फ्युबा , कोषाध्यक्ष एवम गयक सुबास तामाङ , सदस्य एवम गायक वैरागी मोक्तान, सदस्य एवम गायक योगेश लामा ,शेर्पा संघका केन्द्रिय सदस्य निमा जाङबु शेर्पा बासखर्क पुग्नु भएको थियो। 

जिल्ला समन्वय समितीका अध्यक्ष कृष्ण गोपाल तामाङले लिदि पहिरो पीडितको उचित व्यवस्थापनका लागि समिती बनिसकेको छ। सधै संघ संस्था ले ल्याएको राहत को मात्र भरपर्नु हुदैन हामी अरुको सहयोगमा मात्रै हैन आफै बाँच्न सक्छौ भन्ने सन्देश दिन तर्फ लाग्नु पर्ने बताउनु भएको थियो।

त्यसै गरि वडा अध्यक्ष प्रताप लामा ले सहयोगी संस्था व्यक्ति हरु लाई धन्यवाद दिदै लिदि पहिरो पीडितहरुलाई सहयोग रकम अनावश्यक खर्च नगरीकन थैलोमा बाँधेर राख्न आग्रह गर्दै जाँड रक्सी खाएर एक आपसमा झै झगडा गरेको रिपोर्ट वडामा आए राहत बाट बन्चित गराउने बताए।

भिडियो