तिप्लिङ न्यूज
मिति २०७७ असोज १

पिता रेशम बहादुर घले तथा माता गनेस माया घलेका माइला पुत्र सुजन घलेको जन्म मिति २०५३ साउन २३ गत सिन्धुपाल्चोक जिल्लाको मेलम्चीमा भएको थियोे ।

सानैदेखि गीत संगीतमा रुचि राख्ने सुजनको सपना भबेकै सफल गायक बन्ने हो । यदि कसैको साथ र सहयोग पाएको खण्डमा राम्रो गायक बन्ने र गीत संगीतको माध्यम बाट आफ्नो नाम चम्काउने कुरा बताउन्छन ।

आफ्नो घरको आर्थिक स्थिति कमजोर भएको कारणले राम्रो शिक्षा लिने मन हुदाहुदै पनि घरको जिम्मेवारी लाई काधमा लिदै अध्ययन लाई छाडेर परिवारको जिविकोपार्जन गर्न तल्लीन सुजन बुढानिलकण्ठ देखि रत्नपार्क सम्मको बसमा चालकको काम गर्छन्।

चालक भएर काम गर्दा दशै र तिहारमा घर जान नपाउदा मन एकदमै रुने कुरा सुजन बताउँछन् ।आफ्नो कामलाई माया गर्दै अहोरात्र काममा तल्लीन हुने सुजन माथि अर्को एउटा बज्रपात परेको छ।

भर्खरै गएको सिन्धुपाल्चोक जिल्लाको खानि गाउँ ,घट्टे टोलमा गएको पहिरोले घर क्षतिग्रस्त भयको छ । सुजन अहिले सहयोगी हातको खोजिमा रहेको कुरा बताउँछन् ।

यदि सहयोगी हात पाएको खण्डमा फेरि पनि जिबनमा केही टेवा मिल्नेछ भन्दै सहयोग गर्न चाहनेले सहयोग गरि जिबनमा अगाडि बढ्ने आट र हौसला मिल्ने कुरा बताउछन । समाचार चुुुुुुुुुडामणि फुुुुयाल

खान्दोके सेलो