तिप्लिङ न्यूज
मिति २०७७ भदौं २६ काठमाडौं
गायक तथा संगीतकार साम्तेन मोक्तानको शब्द र संगीतमा रहेको निजगढ फिलिङलिङ बोलको तामाङ सेलो गीत बजारमा आएको छ ।
निजगढ फिलिङलिङ बोलको तामाङ सेलो गीत सर्जक साम्तेन मोक्तानको आफ्नै युटुब बाट सार्वजानिक गरेको हो । निजगढ फिलिङलिङ बोलको गीतमा संगीतकार स्वयम् मोक्तान र गायिका बविता पाख्रिनको स्वर रहेको छ ।
चाँद सिङको संगीत संयोजनमा तयार भएको तामाङ सेलो गीत जेनेरिक स्टुडियोमा रेकर्डिङ भएको हो भने ध्वनि सम्पादन दिपेश प्रधानले गरेका छन ।
एक पछि अर्को गर्दै लगातार स्रोता दर्शकलाई सांगीतिक कोशेलि पस्किरहेका गायक तथा संगीतकार साम्तेन मोक्तान गीत संगीतमा राम्रो प्रतिभा भएको ब्यक्ति हो ।
भर्खरै मात्र सार्वजानिक भएको तामाङ सेलो गीत स्रोता दर्शकले मन पराउनेमा निर्माण पक्ष ढुुुुुक्क छन ।
निजगढ फिलिङलिङ गीत