तिप्लिङ न्यूज
मिति २०७७ भदौं २६
सिन्धुपाल्चोक

हरेक बिपत्तिले सिन्धुपाल्चोकलाई मात्र निशाना बनाइरहदा आफ्नो मातृभुमि रोईरहदा कस्को मन नरोला र ?

कहिले महाभुकम्पको केन्द्रबिन्दु , कहिले गाउँ सिङगै बगाउने जुरे पहिरो , कहिले गाउँनै पुरिने लिदि पहिरो , कहिले गाउँनै बगाउने बाढि प्रकृतिको स्राप लाग्यो कि दैबको आँखा लाग्योकि आखिर किन दैव ?

दुखिएको त्यो निर्दोष मनहरु र बिचलित ती सपनाहरुलाई केन्द्रित गर्दै संगीत र शब्दहरुबाट सम्पुर्ण लिदिबासी सम्पुर्ण सिन्धुबासि आमाबुवा तथा दिदिबहिनी,दाजुभाईहरुको मर्मलाई सके सम्म त्यो पिँडाबाट केही राहत दिलाउन सिर्जना गरिएको यो मार्मिक सांगीतिक कोशेली कस्तो बज्रपात मेरो सिन्धु आमालाई बजार आएको छ ।
योगेश लामाको शब्द , संगीत र संगीत संयोजनमा तयार भएको गीतमा जुगल गाउँ पालिकाका उप प्रमुख सृजना तामाङ र योगेश लामाको स्वर रहेको छ ।

संगम स्टुडियोमा रेकर्डिङ भएको गीत मित्र लामाले ध्वनि सम्पादन गरेका छन ।

योगेश लामाको अफिसियल युटुब च्यानल बाट सार्वजानिक गरेको गीतको भिडियो जिग्मे मिडियाले निर्माण गरेको हो ।

गीतमा जुरे पहिलो , जम्बो घटना , मेलम्चि पहिरो र लिदिको घटनालाई समाबेस गरिएको छ । गीतमा शब्द संगीत र स्वर तिनवटै विधा अब्बल देखिन्छ । यो मार्मिक गीत सुनेपछि जो कोहिको आँखा रसाउनेछ । पूरा गीत सुन्न तलको भिडियो हेर्नु होला ।

भिडियो
https://youtu.be/rhv_6HYxbhs       https://youtu.be/AOTfR9DMaMg