तिप्लिङ न्यूज
मिति २०७७ भदौं २२
काठमाडौं
ओई साईलि सेलो पप गीतमा नेपाली चलचित्रका चल्दाबल्दा नायक दिलिप रायमाझीको अभिनय देख्न सकिन्छ ।
गायक निमा पाख्रिन लामाको स्वरमा रहेको सेलो पप ओई साईलीको म्युजिक भिडियो सार्वजनिक हालसालै मात्र भएको हो।
गीतको शब्द, संगीत, संगीत संयोजन समय सुनुवारले गरेका छन् भने गीतको ध्वनि सम्पादन दिपेश प्रधानले गरेका हुन । हालसम्म धेरै म्युजिक भिडियोहरु बजारमा सार्वजनिक गरि सकेका गायक निमा पाख्रिनले अहिले भने पहिलेको म्युजिक भिडियोहरु भन्दा राम्रो लगानि गरेर भिडियो दर्शक श्रोताहरुमाझ कोशेली स्वरुप प्रस्तुत गरेका छन। जुन भिडियोमा देख्न सक्नु हुने छ।
भिडियोमा नायक दिलिप रायमाझी संगै जोडिको रुपमा अमृता तामाङलाई देख्न सकिन्छ।
भिडियोको निर्देशन पासाङ योन्जन लामाको रहेको छ भने नृत्य निर्देशन सन्तोष राजबाहकले गरेका हुन । छायांकन ज्ञानेन्द्र शर्मा, ड्रोन सुरेश घिसिङ, सम्पादन सुशील न्यौपानेले गरेका छन।
यस गीतको भिडियो ललितपुर भैंसेपाटिको विभिन्न ठाउँमा छायांकन गरिएको छ ।
भिडियो ओई साईलि
भिडियो माथि माथि लेकमा