तिप्लिङ न्यूज
मिति २०७७ भदौं ६
काठमाडौं

विनायक सिद्ध कलेज चाबहिल ,काठमाडौं द्वारा SEE अनलाइन तिज नृत्य प्रतियोगिता २०७७ को फाइनल कार्यक्रम सम्पन्न भएको छ । SEE दिएर बसेका बहिनीहरुले मात्रै सहभागी हुन पाउने उक्त प्रतियोगितामा तिज गित लाई मात्रै कार्यक्रममा सहभागी गराइएको थियोे ।

उक्त प्रतियोगितामा विभिन्न विद्यालय बाट उल्लेखनीय विद्यार्थीहरुको सहभागी थियो । कोभिड -१९ का कारण विश्व अर्थतन्त्र नै धर्मराएको समयमा पनि घरमा फुर्सदको समय सदुपयोग गर्दै आफ्नो कला प्रस्तुत गर्नको लागि उक्त कार्यक्रम को आयोजना गरिएको कुरा क्यापस प्रमुख राम कृष्ण सिमखडाले बताउनु भएको छ ।

समृद्धि रुमदालि

फाइनल कार्यक्रम मिति २०७७ भदौं ५ गते विनायक सिद्ध कलेज चाबहिलमा सोसल डिस्टेन्स कायम गरि सेनिटाइजर र माक्सको प्रयोग गरि आयोजना गरिएको थियो। उक्त फाइनल कार्यक्रममा निर्णायक समुहमा बरिष्ठ नृत्य निर्देशक तथ बज्रयोगिनि म्युजिक एण्ड डान्स एकेडेमीका निर्देशक महेश गोदार,नृत्य निर्देशक तथा नृत्य निर्देशक संघ नेपाल भक्तपुर शाखाका सचिव चुडामणि फुयाल र नृत्य निर्देशक संघ नेपाल काठमाडौं शाखाको निवर्तमान अध्यक्ष तथा शिखर छाहारी संस्कृतिक कला केन्द्रकि नृत्य निर्देशक दक्षिणा लामा रहनु भएको थियो । निर्णायक समुहको निर्णय अनुसार पुष्प लाल मेमोरियल ई.स्कुल ,कपनकि छात्रा समृद्धि रुमदाली प्रथम ,चाल्स डार्विन एकेडेमी नयाँबस्तिकि छात्रा प्रसुना तामाङ द्वितीय र सृजना ज्ञान सागर स्कुल बालाजुकि छात्रा मनिता गुरुङ तृतीय भएका छन ।

निर्णायक चुुडामणि फुुयाल

प्रथम, द्वितीय र तृतीय स्थान हुन सफल छात्रा लाई विनायक सिद्ध कलेजमा कक्षा ११ मा भर्ना गर्दा क्रमश १००%,७५%र ५०% छुट दिनुका साथै नगद पुरस्कार ५०००,३०००,र २००० का साथमा प्रमाणपत्र प्रदान गरिने छ ।

त्यस्तै गरि विनायक सिद्ध कलेजमा अध्ययनरत छात्राहरु बिच अनलाइन तिज नृत्य प्रतियोगिता पनि भएको थियो । उक्त प्रतिस्पर्धामा कलेजको तर्फबाट छात्रा क्रमश मिङमा शेर्पा ,लक्ष्मी शाही ठकुरी ,लभ्लि बिष्ट मगर प्रथम ,द्वितीय र तृतीय हुन सफल भएका छन।उनिहरु लाई पुरस्कार जनही ५०००,३००० र २००० र प्रमाणपत्र प्रदान गरिने छ। कार्यक्रममा बिद्यालयका को -अडिनेटर गणेश बास्तोलाले कार्यक्रममा सहयोग गर्ने सम्पूर्ण लाई धन्यवाद दिदै कार्यक्रम समापन गरिएक थियो ।

माथि माथि लेकमा धुपिको बोट गायक तेज थिङ