तिप्लिङ न्यूज
मिति २०७७ भदौं ६
सिन्धुपाल्चोक

सिन्धुपाल्चोक जिल्लाको बलेफी गाउँ पालिका वडा नं. ४ स्थित डाँडा गाउँमा स्वतन्त्र युवा समुह गठन भएको छ । स्वतन्त्र युवा समूह भन्ने वितिकै युवाहरुको स्वतन्त्र युवा समूह भन्ने बुजिन्छ । कुनै पनि पार्टि विशेष नहुनु आफ्नो छुट्टै तन्त्र हुनुलाईनै स्वतन्त्र भनिन्छ जो आफ्नै तन्त्रमा चल्नेछन ।

तामाङ चलचित्रका नायक कलाकार प्रेम गोलेको संयोजकत्वमा स्वतन्त्र समूह गठन भएको हो। यस समुह गाउँको बिकास केन्द्रित रहेको बताउछन प्रेम गोले । बलेफी ४ वडाको बिकास निर्माण चुस्त दुरुस्त रुपमा अघि बढाउन र आवश्यक स्थानमा बजेट बिनियोजन गराउन पहल गर्दै अझै थप बिकासको लागि र चुस्तदुरुस्त तरिकाले बिकास निर्माणको काम गराउन दबाब दिने उद्धेश्यले यो समूह गठन भएको हो ।

छलफल गर्दै गर्दा

यो समूह राजनीतिक बिचारधाराबाट फरक रहेको पनि जानकारी प्राप्त भएको छ । यो एउटा विशुद्ध समूह हो, जसले हाम्रो गाउँ ठाउँको बिकासलाई अझै अघि बढाउन के गर्ने भनेर छलफल अनि निर्णय समेत गरिने बताउछन स्वतन्त्र युवा समूह ।

डाँडा गाउँका करिब ३७ युवा लगायत बुबाआमाहरुको समेत उपस्थित रहेको थियो। यति मात्र नभै देश बिदेशमा रहनुभएका अन्य दाजुभाइहरुको पनि पुर्ण समर्थन रहेको छ। यस समुहले गाउँ टोलमा आईपर्ने समस्याहरुको लागि एक भएर लड्न र युवाहरु कसरी अघि बढ्ने भन्ने विषयमा विभिन्न छलफल समेत गर्ने स्थानीय युवा बल बहादुर तामाङले बताए।

उपस्थिति

नायक प्रेम गोले कला क्षेत्रमा मात्र नभै गाउँमै कृषि एवम कुखुरा पालनमा समेत लागिपरिरहेका छन्। गोलेले गाउँमै युवाहरुले केही गरेर बस्न सके बिदेशमा कोहि युवा जानै नपर्ने बताउछन। अब स्वतन्त्र युवा संगठनलाई सकृय रुपमा बिकास तर्फ गाउँलाई अघि बढाउन लागि पर्ने योजना रहेको स्वतन्त्र युवा समुहले जानकारी दिए।

इश्वर लामा र प्रेेेम गोलेको तामाङ चलचित्र म्युङ पुजु