तिप्लिङ न्यूज
मिति २०७७ भदौं ६
काठमाडौं

काठमाडौंको बौद्ध स्थिति सगु प्रोडक्सन हाउसले भर्खरै नयाँ सेलो गीत मुडेको बजार आफ्नै सगु पोडक्सन अफिसियल युटुब च्यानलबाट सार्वजानिक गरेको छ ।

सगु प्रोडक्सनको निर्माणमा बनेको यस अघि दोलखा फेदा घर मेरो बोलको गीतले सबैको मन जितेको थियो । जुन गीतको भिडियोलाई २६ लाख भन्दा बढी दर्शकले युटुबमा हेरेका छन । मुडेको बजारले पनि यस्तै माया पाउनेमा आशावादी रहेको सगु पोडक्सनका निर्देशक गणेश अधिकारी बताउनु भयो ।

यस गीतको शब्द सोनाम घिसिङ, संगित सानुबाबु घिसिङ, स्वर सुदिप घिसिङ, शृजना घिसिङको रहेको छ। त्यस्तै संगीत संयोजन जोगलाल लामाको रहेको छ भने दिपेश प्रधानले ध्वनि सम्पान गर्नुभएको हो । यो गीत सरगम स्टुडियोमा रेकर्ड गरिएको थियो ।

भिडियो तर्फ निर्देशन कोरियोग्राफी राजिव लुङ्बाले गर्नु भएको छ। डान्सिङ नम्बरमा रहेको गीतको भिडियोमा अभिनय पछिल्लो चरण चर्चा कमाएकी मोडल पुर्णिमा थोकर, राजिब लुङ्बा, सोनिया तुलाधर, राजु थिङले गर्नु भएको छ। छायांकन, सम्पादन, रंग संयोजन र ड्रोन उडाउने काम जिग्मे मिडियाका सुर्य लामाले गर्नुभएको हो ।

भिडियो मुडेको बजार