तिप्लिङ न्यूज
मिति २०७७ भदौं ६
काठमाण्डौं

नेपाल तामाङ घेदुङ सिन्धुपाल्चोकले सिम्धुपाल्चोक जिल्लाको जुगल गाउँ पालिका लिदि पहिरोमा परि अकालमा ज्यान गुमाएका ३९ जनाको नाममा बौद्ध धर्म परम्परा अनुसार ७ दिनमा हुने पुजा धुन्चे सम्पन्न गरेको छ । काठमाडौंको बालाजु  स्थित रानीबनमा रहेको ढुक्प कग्यु गुम्बामा दशौं अवतारी तथा धर्म गुरु घोसर टुल्कु रिन्पोछेद्वारा सो पुजा गरिएको हो ।

जिल्ला घेदुङका अध्यक्ष रेशम स्याङ्बोको पहलमा जुगल गाउँ पालिकाकै स्थानीय एवं आदिवासी जनजाती महासंघ जिल्ला सिन्धुपाल्चोकका महासचिव मिलन तामाङको परिवार, गोल्चेका नरेन्द्र लामा र मंगलि तामाङको सहयोगमा धुन्चे पुजा सम्पन्न भएको थियो । बौद्ध परम्परा अनुसार टुल्कु रिन्पोछेबाट गरिएको आत्मा शान्ति पुजा अर्थात धुन्चेबाट अकालमा दिवंगत हुनुभएकाहरुको आत्मा स्वर्गमा पुग्छ भन्ने बिश्वास रहि आएकोले सो पुजा ७ दिनमा सम्पन्न गराईएको अध्यक्ष रेशम स्याङबो बताउनु भयो ।

बौद्ध परम्परामा बिश्वास गर्ने धर्मवलम्बीहरुले धर्म गुरु अर्थात लामा गुरुहरुबाट पुजा मोलम पाठ गराई मन्त्र जब्दै सेतो कागजमा लेखिएको मृतकहरुको नाम लेखेर आगो लगाउने चलन छ। यसरी गरिनुको कारण हामी मानिस भवितव्य घटनामा पर्दा एक किसिमको आत्मा भड्किने त्रास, डर संगै मर्ने हुँदा गाह्रो हुने भएकोले धुन्चे गरेपछी त्यो डर बोक्नु नपर्ने लामा गुरु रिन्पोछेको भनाई छ।

पुजाको भिडियो