तिप्लिङ न्यूज
मिति २०७७ भदौं ५
काठमाडौं
गायक तथा संगीतकार विशाल काल्तान र पुजा बोम्जनको स्वरमा रहेको तामाङ (Love Song) प्रेमिल गीत ङ्यान्गोले ङ्यान्गोले बजारमा आएको छ।
विशाल काल्तानकै शब्द संगीत रहेको गीत धुच्छे म्युजिक क्रियसनको अफिसियल युटुब च्यानल बाट सार्वजानिक भएको हो । सरगम रेकर्डिङ स्टुडियोमा रेकर्ड भएको गीत जोगलाल लामाले संगीत संयोजन गरेका हुन भने ध्वनि सम्पादन दिपेश प्रधानले गरेका छन ।
भिडियोमा प्रस्ट रुपमा गायक विशाल काल्तान र गायिका पुजा बोम्जनलाई देख्न सकिन्छ । जिग्मे मिडियाको पोस्ट प्रोडक्सनमा बनेको भिडियोको छायाङकन सम्पादन र रंग सम्पादन सुर्य लामाले गरेका छन । काठमाडौंको नक्सालमा रहेको जेनेरिक स्टुडियोमा भिडियो छायांकन गरिएको छ।
तामाङ सेलो गीत संगीतमा एकलौटि राज गरिरहेका गायक विशाल काल्तानको हर गीत स्रोता दर्शकले रुचाईरहेका छन ।
हर गीत रुचाउनुको रहस्य सायद हर गीतमा फरक स्वाद भएरै होला । अहिले सार्वजानिक भएको न्यान्गोले न्यान्गोले बोलको गीत पनि स्रोता दर्शकले मन पराउनेमा निर्माण पक्ष आशावादि छन । गीत सुनेर राम्रो नराम्रो के लाग्छ प्रतिक्रिया दिन र सेलो गीत संगीत अनि तामाङ कलाकारलाई माया गरिदिन समेत आग्रह गरेका छन ङ्यान्गोले ङ्यान्गोले निर्माण पक्षले ।
गीतको भिडियो