तिप्लिङ न्यूज
मिति २०७७ साउन ३२
सिन्धुपाल्चोक

पहिरो पिडितको सहयोगार्थ नगद र ब्लान्केट लिएर नेपाल तामाङ घेदुङ सिन्धुपाल्चोकका जिल्ला अध्यक्ष एवं नेकपा युवा नेता रेशम स्याङ्बो आज लिदि पुग्नुभएको छ । उहाँ आफ्नै व्यक्तिगत खर्चमा ३८ वटा ब्लान्केट, नेपाल तामाङ घेदुङ संघीय समिती मार्फत नेपाल तामाङ घेदुङ ईजरायलले पठाएको १ लाख २६ हजार, अध्यक्ष स्याङ्बो कै आफ्नै छोरी हाल अमेरिकामा अध्ययनरत कुसुम स्याङ्बो द्वारा १ लाख, कातर्जे सुनलाल बोम्जन तामाङ १० हजार १ सय, सिरकाजी तामाङ स्याउले कातर्जे १० हजार र अन्य व्यक्तित्वहरु मार्फत ३० हजार गरि जम्मा २७६ हजार जुगल उपाध्यक्ष श्रीजना तामाङ र वडा अध्यक्ष प्रताप लामाको हातमा हस्तान्तरण गर्नुभएको रेशम स्याङ्बोले जानकारी दिनुभएको हो।

उहाँले राहत हस्तान्तरण गर्दै थप सहयोगको लागि आफू र घेदुङ निरन्तर जुट्ने वचन व्यक्त गर्नुभयो। अब हामी केन्द्र घेदुङ देखि बिदेशमा रहेका घेदुङ, जिल्ला, पालिका सम्मका हाम्रो घेदुङ संगठनका साथीहरु संग आवश्यक छलफल गर्दै विस्थापित लिदिबासीको लागि तत्काल र भावी दिनमा गर्नुपर्ने हरेक सहयोगको लागि जुट्ने धारणा रख्नु भएको छ। यदि सरकारले तातोतातोमा चासो दिने र बिस्तारै बिर्सदै जाने हो भनें दबाबका लागि समेत घेदुङ मार्फत समिती नै गठन गरि अघि बढ्ने बताउनुभयो।

विज्ञाप्ति

नेपाल तामाङ घेेुुुदुुङ सिन्धुपाल्चोकको विज्ञाप्ति

अध्यक्ष स्याङ्बोले आज १ विज्ञप्ति जारी गर्दै लिदि पहिरोमा ज्यान गुमाएका र बेपत्ता भएकाको नाममा आत्मा चिर शान्तिको लागि ७ दिने धुन्चे (काज क्रिया) अवतारि लामा धर्मगुरु घोसर टुल्कु रिन्पोछेद्वारा गरिने जानकारी गराउनुभएको छ।

त्यस्तै लिदि पहिरो लिखित रुपमा पहिरो आउने सम्भावना छ भनेर पुर्व सुचना दिँदादिदै सुरक्षित स्थानमा सार्न गुहार माग्दा लिदिवासिको अमुल्य जीवन सरकार ले चरम वेवास्ता गरेकोले सो घटना घटेको उल्लेख छ। घेदुङले यो घटना हुनु पुर्व वेवास्ता र जिम्मेवारीबाट पन्छिन खोज्ने जो कोहिलाई आवश्यक छनविन गरि कारबाही गर्न समेत माग गरेका छन्।

परदेशिको कथा बेथा