तिप्लिङ न्यूज
मिति २०७७ साउन ३०
सिन्धुपाल्चोक

गएको असार २५ र २६ गतेको भिषण वर्षातका कारण लिदिबासीको वास उडाएको थियो। वर्षातले पहिरोको रुप लिएपछि सिन्धुपाल्चोक जुगल गाउँ पालिका वडा नं. २ लिदिका १७२ मध्य अधिकांश घरहरु जोखिममा थिए । जोखिम बस्ती केहिले छोडेर पाखा तिर गोठ बनाएर बसेका थिए भनें केही अब पहिरो नआउने अनुमानमा घर मै बसेका थिए । यस्तैमा आज राती आएको भीषण वर्षातका कारण बिहानकाे ६ बजे पछि पहिराे खसेको छ ।

पहिरोका कारण करिब २३ घर पुरिएको वडा अध्यक्ष प्रताल लामाले जानकारी दिनुभयो।
उहाँबाट प्राप्त जानकारी अनुसार गोठमा सुतेर बिहान घर आउनेहरु धेरै परेको हो। त्यस्तै एकै घरका ७ जना सम्म परेको जानकारी आएको छ।

अहिले सम्ममा १८ बेपत्ता, ३० जना मृत्यु र १३ गम्भीर घाइते भएको स्थानीय कान्छा तामाङले बताउनुभयो। घटना स्थल दुर्गममा पर्ने भएकोले उद्धारका लागि सुरक्षाकर्मी पुग्न समेत समय लाग्ने भएकोले अहिले स्थानीयहरुले नै घाइते, मृतक अनि बेपत्ताको खोजी गरिरहेको बताए । त्यस्तै घाइतेको उद्धारका लागि हेलिकप्टर पनि केही बेरमा आउने जानकारी प्राप्त भएको तामाङले बताए ।

थप उद्धारका लागि प्रहरी घटना स्थल तर्फ जाँदै गरेको जिल्ला प्रहरिका प्रवक्ता डिएसपी माधव प्रसाद काफ्लेले जानकारी दिनुभएको छ।

लघु चलचित्र आत्मा अनुशासन