तिप्लिङ न्यूज
मिति २०७७ साउन २९ सिन्धुपाल्चोकको 

नेकपा सांसद उषा राईको जन्म दिनको अवसरमा पुर्व कानुन मन्त्रि शेर बहादुर तामाङले कविता सहित शुभकामना ब्यक्त गरेका छन ।

आफ्नो अफिसियल पेज बाट जन्म दिनको अवसरमा शुभकामना दिदै जनताको समृद्धि र हितको निमित्त सधै अघि बड्नु भन्दै कविता बाटै शुभकामना दिएको हो । केही सयम यता जिल्लामा कोरोनाको खैल्लाबैल्ला चलिरहदा पुर्व मन्त्री शेरबहादुरको कोरोना परिक्षण पनि नेगेटिभ आएको छ । सांसद उषा राईलाई हाम्रो तिप्लिङ न्यूजको तर्फबाट पनि शुभकामना ब्यक्त गर्दछौं । देश र जनताको हितमा सधै अघि बढ्न सकुन शुभकामना ।

धर्ती झैं उम्रनु, जीवन दिएरै छाड्नु मातृत्व !
रवि झैं रापिनु, अग्रिम दिएरै छाड्नु नेतृत्व !!

सिंह झैं गर्जिनु, समृद्धि दिएरै छाड्नु मुलुकको !
मौरी झैं कर्मिनु, उन्नयन गरेरै छाड्नु जनताको !!

पानी झैं सिन्चिनु, भकारी भरेरै छाड्नु किसानको !
लक्ष्मी झैं भरिनु, सम्पन्नता दिएरै छाड्नु जनजनको !

वायु झैं बहनु, प्राण भरेरै छाड्नु जीवनको !
पुष्प झै फुल्नु, सगर भएरै छाड्नु मायाको !!

कबिता झैं हर्फिनु, कोरस मिलाएरै छाड्नु समाजको !
शशी झैं चम्किनु, अँध्यारो मेटेरै छाड्नु रातको !!

अग्नी झै जल्किनु, नष्ट गरेरै छाड्नु भ्रष्टको !!
रुद्र झैं रौद्रीनु, संहार गरेरै छाड्नु दुष्टको !

लघु चलचित्र आत्मा अनुशासन