तिप्लिङ न्यूज
मिति २०७७ साउन २४
काठमाडौं

शनिबार कपन स्थित नमस्ते डान्स एकेडेमिमा सम्पन्न कार्यक्रममा नृत्य निर्देशक संघ नेपालको चौथो स्थापना दिवश तथा काठमाडौ जिल्ला समितिको साधारण सभा सम्पन्न भएको हो।

नृत्य निर्देशक संघ नेपाल काठमाडौ जिल्ला समितिको अध्यक्ष बुद्ध लामा तितुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बिशिष्ट अतिथीको रुपमा केन्द्रिय पदाधिकारीज्युहरु अध्यक्ष भुवन श्रेष्ठ , महासचिव नृप ध्वज खत्री , सहकोषाध्यक्ष केशव कोइराला उपस्थित हुनुभएको थियो। यसै गरी अतिथिको रुपमा नृत्य निर्देशक संघ नेपालको अजीवन सदस्य प्रेम लाल श्रेष्ठ र भक्तपुर शाखाको सचिव चुडामणी फुयाल ज्यु उपस्थित हुनुहुन्थ्यो।

बिहान ८ बजे सुरु भएको कार्यक्रमामा बोल्नुहुँदै सम्पूर्ण अतिथी ज्युहरुले आफ्नो आफ्नो भनाइ राख्नु भएको थियो। जसमा बोलिनु हुँदै अतिथी प्रेमलाल श्रेष्ठ ज्युले यस संघले सधैं नृत्य निर्देशक हरुको हकहितको लागि काम गरेको बताउनु भयो। कार्यक्रममा बोल्नुहुँदै अतिथी चुडामणी फुयाल ज्युले राम्रो काम गरिरहेको यस समितिले अझै राम्रो काम गर्दै जानु भनी शुभकामना दिनुभयो।

कार्यक्रममा नृत्य निर्देशक संघ काठमाडौ जिल्ला समितिको कोषाध्यक्ष सर्मिला तामाङले बर्षभरिको आयब्यय प्रस्तुत गर्नु भएको थियो भने सचिव देवराज गुरुङले वार्षिक प्रतिबेदन प्रस्तुत गर्नु भएको थियो।

कार्यक्रमको बिशिस्ट अतिथीज्यु हरुले बोल्नुहुँदै गर्दा केन्द्रिय सह कोषाध्यक्ष केशव कोइरालाले यस कार्यसमितिको लागि सधैं म एक अभिभावकको रुपमा रहेको र आवश्यक परेको जुनसुकै समयमा सहयोग गर्न तत्पर रहेको कुरा प्रस्तुत गर्नु भयो। त्यसै गरी केन्द्रिय महसचिव नृप ध्वोज खत्रीले यस कार्यसमितिले अरुले भन्दा बिल्कु नै नयाँ कामहरु गरेकोमा खुशी ब्यक्त गर्नु भयो।

करिव २ घण्टा सम्म चलेको कार्यक्रममा केन्द्रिय अध्यक्ष भुवन दास श्रेष्ठले आफ्नो मन्तब्य दिनुहुँदै क्षेत्र हुँदा पनि राम्रो काम गरेको कारण उक्त कार्यको उच्च मुल्याङ्कन गरी जिल्ला समिती दिएको कुरा पनि बताउनु भयो। र भोली को दिनमा यो हाम्रो आशालाई निराश नबनाउनेमा म विश्वस्त भएको पनि भन्नु भयो।

साधारण सदस्य सहित अन्य शाखाबाट समेत उपस्थित भएको कार्यक्रमलाई सभा बिसर्जन गर्नुहुँदै नृत्य निर्देशक संघ नेपाल काठमाडौ जिला कार्यसमितिको अध्यक्ष बुद्ध लामा तितुङले बर्षभरिको कार्यक्रममा ज जस्ले सहयोग गर्नु भएको छ सबैलाई धन्यवाद दिनुभयो। साथै भोलिको दिनमा अझै साथ र सहयोगको आशा गरेको बताउनु भयो। कार्यक्रमलाई नृत्य निर्देशक संघ नेपाल काठमाडौ समितिको सचिव देवराज गुरुङले नै सन्ञ्चालन गरेको थियो।

भिडियो लघु चलचित्र
आत्म अनुशासन नहुदा मान्छे कुन हत सम्म गिर्न सक्छ