तिप्लिङ न्यूज
मिति २०७७ साउन १५

सुमधुर स्वर भएका युवा प्रतिभा नव गायक तेज थिङले आफ्नो स्वरमा रहेको गीत भिडियो सहित बजारमा ल्याएको छ ।

माथि माथि लेकममा धुपिको बोट बोलको गीत ClickNepal युटुब च्यानल बाट सार्वजनिक गरेको हो । आस्मान लोप्चनको शब्द प्रकाश तामाङ तितुङको संगीत रहेको गीत माथि माथि लेकमा बोलको गीतको भिडियो निर्देशन र सम्पादन समेत आस्मान लोप्चनलेनै गरेका छन ।

चाँद सिङको संगित संयोजन एवम गोबिन्द सोनिको ध्वनी सम्पादन रहेको गीतको भिडियो छायांकन र रङ्ग सम्पादन सुर्य लामाको रहेको छ ।

भिडियोमा गायक स्वयम तेज थिङ , आस्मा लामा , अभिषेक लामा र मोनिका लामाको अभिनय देख्न सकिन्छ ।

सिन्धुपाल्चोक जिल्लाको इन्द्रावति गाउँ पालिका ४ नवलपुरमा जन्मेका नव गायक तेज थिङको यो पहिलो कोशेलि हो । पहिलो कोशेलिनै उत्कृष्ट रहेको स्रोता दर्शको प्रतिक्रिया छ । गीत संगीतमा अब निरन्तर लागीरहने बाचा गर्दै सबै स्रोता दर्शकलाई आफ्नो गीत संगीतलाई माया गरेर साथ सहयोग गरिदिन अनुरोध समेत गर्छन गायक तेज थिङ ।

भिडियो माथि माथि लेकमा