तिप्लिङ न्यूज
मिति २०७७ साउन ९ काठमाडौं

युवा गायक प्रदिप लाको नाधिङ सेलो माथि त सोलु लुक्ला बोलको गीत युटुब मार्फत सार्वजानिक भएको छ ।

जीवन बम्जनको शब्द र जोगलाल लामाको संगीत रहेको गीतमा गायक प्रदिपलाई ल्हामु शेर्पाले सुमधुर स्वर दिएर गायनमा सगाएका छन ।

संगीत संयोजन समेत जोगलाल लामाले गरेको गीतको मिक्सिङ भने दिपेश प्रधाने गरेको हो । सगु सरगम स्टुडियोमा रेकर्ड भएको गीत राम्रो बनेको स्रोता दर्शकको प्रतिक्रिया छ ।

सिन्धुपाल्चोक जिल्ला पाँचपोखरि थाङपाल गाउँपालिका वडा नम्बर २ – बरुवा, सिम्पानि (ब्रावाल) मा जन्मेका गायक प्रदिप लामा निरन्तर गीत संगीतमै छन ।

सबै खाले गीत गाउन सक्ने क्षमता भएका गायक लामाले औपचारिक रुपमा २०७१ सालमा गीत रेकर्ड गराएका थिए ।

गायक लामाले सांगीतिक नक्षत्रमा ए निष्ठुरि गीतबाट पाईला चालेको हो । अहिले सम्म करिब १ दर्जन भन्दा बढि गीत गाईसकेका गायक प्रदिपले लोक पप, नेपाली आधुनिक , तामाङ सेलो , नाधिङ सेलो,ह्योल्मो ,टिबेटियन लगायत विभिन्न भाषा भाषिको गीत समेत गाईसकेका छन ।

नाधिङ सेलो माथि त सोलु लुक्ला बोलको गीतको भिडियो पनि स्रोता दर्शकले चाँडैनै हेर्न पाउने भएका छन । यो संगै अर्को गीत हेलम्बु माथि र मायाले बोलाको गीतको तयारिमा जिटिरहेका गायक प्रदिप स्रोता दर्शकको माया पाउनेमा विश्वस्त छन ।

कहिले भुकम्प त कहिले पहिरो कहिले बाढि त कहिले कोभिडको महारि परिरहेको बेला हरेक कुराले पिरोलि रहँदा सताई रहँदा आफ्नो जन्म भुमि सिन्धुपाल्चोकको माटोलाई सम्मान गर्दै सन्देशमुलक सांगीतिक कोशेलि पनि ल्याने भएका छन ।

`सधै आपत र विपत किन पर्छ सिन्धु जिल्लालाई
कतै बाढि पहिरो कतै कोरोना सचेत हुनु अनुरोध सबैलाई´ बोलको गीतको शब्द संगीत भने छेवाङ डि स्याङबोको रहेको छ ।

भिडियो माथि त सोलु लुक्लामा