तिप्लिङ न्यूज
मिति २०७७ साउन ९ काठमाडौं

गायक दिनेश तामाङको तेस्रो सांगीतिक कोशेलि सेलो भाका ओठमा लालि बजारमा आएको छ ।
जीवन बम्जनको शब्द , आर बि लामा सिङतान को संगीत रहेको गीतको संगीत संयोजन पवन वाङ लामाले गर्नु भएको हो ।

आफ्नै युटुब बाट सार्वजानिक गरेको ओठमा लालिलाई स्रोता दर्शकले युटुबमा दिनेश तामाङ सर्च गर्नु भयो भने भेट्टाउन सकिन्छ ।

अहिले सम्म तीन वटा गीत बजारमा ल्याएको दिनेश तामाङ गायन संगै , लघु चलचित्र र भिडियो नर्माणमा समेत सक्रिय छन ।

हातको सफाई यानिकि जादुगर समेत हुन दिनेश तामाङ । सिन्धुपाल्चोक जिल्लाको पाँचपोखरि थाङपाल गाउँ पालिका वडा नम्बर ८ लांगर्चे लप्सेमा आप्पा धन दोर्जे तामाङ थिङ र आमा बिबि माया बोम्जनको कान्छो छोरोको रुपमा जन्म भएको दिनेश तामाङको ५ दिदी हुनुहुन्छ ।

अहिले सम्म तीन वटा गीत गाईसकेका गायक दिनेश तामाङ को पहिलो गीत याम्बु सहरमा , दोस्रो डम्पु त बज्यो र तेस्रो ओठमा लालि बोलको गीत हो ।

२०७४ सालमा पहिलो गीत रेकर्ड गराएका दिनेश निरन्तर गीत संगीतमा लाग्ने बताउनु हुन्छ ।

गीत तामाङ सेलो