तिप्लिङ न्यूज
मिति २०७७ साउन ७ काठमाडौं 

यो कोभिड १९ महामारि र प्राकृतिक प्रकोपको असहज परिस्थितिमा अप्ठ्यारामा परेकाहरुलाई सहयोग गरेको भन्दै नेपाल तामाङ घेदुङ सिन्धुपाल्चोकका अध्यक्ष एवम नेकपाका युवा नेता रेशम स्याङबोलाई हामी नेपाली ग्लोबल नामक अन्तराष्ट्रिय संस्थाले हिरो अवार्ड प्रदान गरेको छ ।

कोरोनाको कहर झेलिरहेको अबस्थामा प्राकृतिक बिपत्तिमा परि आफ्नो घरै छोडेर अन्यन्त्र बस्नु पर्ने बाध्यतामा बस्नलाइ छानो नभएकाहरुलाई त्रिपाल सहयोग गरेको भन्दै कोभिड -१९ हिरो अवार्ड प्रदान गरिएको हो ।

यो विषम परिस्थितिमा अप्ठ्यारामा परेकालाई सहयोग गर्नु पर्ने भन्दै हामी नेपाली ग्लोबल नामक संस्थाका अध्यक्ष अमृत लामाले सकेको सबैलाई सहयोग गर्न आग्रह समेत गरेका छन ।

सिन्धुपाल्चोक, जुगल सिन्धुपाल्चोक जुगल गाउँ पालिका वडा नं. २ को विकट गाउँ नाम्फामा युवा नेता रेशम स्याङ्बो त्रीपाल लिएर पुग्नुभएको थियो। गएको २६ गते राती परेको अविरल वर्षातका कारण झरेको पहिरोबाट बस्ती छोडेर विस्थापित हुनुपरेको गाउँलेहरुलाई बासस्थानको समस्या भएकोले तत्काललाई राहत स्वरुप त्रीपाल वितरण गर्न उहाँ पुग्नुभएको हो । स्याङ्बो जुगल गाउँ पालिकाका तत्कालीन माओवादी केन्द्रबाट अध्यक्षको उम्मेदवार, नेकपा जिल्ला सदस्य र नेपाल तामाङ घेदुङ सिन्धुपाल्चोक जिल्ला अध्यक्ष समेत हुनुहुन्छ । युवा नेता स्याङबाे सहितले ७० थान त्रीपाल बोकेर नै नाम्फामा पुग्नुभएको थियो ।

विपत को समयमा जोखिम बस्ती नाम्फाका ७० घरधुरी लाई ७० थान त्रिपाल वितरण गर्नु भएको छ । त्यस्तै गरि सन्चगाउँमा पनि जोखिमको अवस्था अवलोकनका लागि उहाँहरु पुग्नुभएको थियो ।

प्रकृतिले दिएको यो पिडामा सकेको सहयोगको लागि आफू अघि सरेको स्याङ्बो बताउनुहुन्छ । सहयोग सानो या ठूलो भन्दा पनि अहिले आवश्यक के छ त्यो हामीले गर्नुपर्ने भनाइ उहाँको छ । जुगलको मात्र नभै अन्य विकट गाउँहरुमा भएको यस्तै प्राकृतिक विपत्तिहरुमा यथासम्भव भएसम्म राहत र उद्धारको लागि सरकारको मात्र मुख ताकेर नबसी सबै मिलिजुली लागि पर्नुपर्ने नेता स्याङ्बो बताउनुहुन्छ ।

त्यस्तै मनले चाहेर राहत तयार पारेपनी बाटो र जनशक्तिको अभावमा पिडितहरु सम्म राहत समयमा नपुग्नेगरेको उहाँको भनाई छ ।                                                                            भिडियो तिल्पुङ नाम्सा