तिप्लिङ न्यूज
मिति २०७७ साउन ५
काठमाडौ

मानिसको जिन्दगिमा धेरै उतारचढावहरु आउछन जान्छन । कहिले परदेश त कहिले स्वदेश हुन्छन । पिर ब्यथा बध्यता र केही गर्छु भन्ने भावलेनै मान्छे आफ्नो गुड छोड्छन ।

जस्ले गुड छोड्छ आखिर उसैल उड्न जानेको हुन्छ । आफ्ने देश छोडेर पर देश उडेका एक युवाको काहानि गीतमा प्रस्तुत भएको छ । पात्र काल्पनिक भएपनि कथा यथार्थ हो ।

यस्तै यथार्थ कथामा आधारित समुद्र पारिको सहरमा गीतको बोल लिएर आएका छन गायक छेवाङ डि स्याङबो र गायिका सशिकला मोक्तान ।

ङिमा दोङको शब्द विशाल काल्तानको संगीत रहेको यस गीतमा परदेशिको कथा समेटिएको छ ।
नोर्बु शेर्पाले संगीत संयोजन गरेको गीत ClickNepal को युटुब च्यानलमा भेट्टाउन सकिन्छ । छेवाङ डि स्याङबो को अन्य गीत पनि युटुबमा भेट्टाउन सकिन्छ । कहिले देश कहिले परदेश भएपनि निरन्तर गीत संगीतमा रहेका गायक छेवाङको यो भन्दा अगि , छ्युर्पि त मिठ्ठो चौउरिको , डम्फु बजाउदै, दुख पर्दा , यो ज्यान मेरो परदेशमा , हाम्रो मेलम्चि , सोल्टिनि कान्छि लगायतका गीतहरु सार्वजानिक भईसकेको छ ।

पछिल्लो समयमा गायन मात्रै नभई संगित भर्ने काम समेत गरेका छेवाङको थुप्रै गीतहरु बजारमा आईसकेका छन ।

भिडियो समुद्र परिको सहरमा