तिप्लिङ न्यूज
मिति २०७७ साउन २ काठमाडौं

आफु नपिए पनि गायक तथा सङ्गीतकार जे.बि जिम्बाले कोदोको झिर्माको रस सांगीतिक कोसेलि स्वरुप बजारमा ल्याएका छन ।

म्युजिक भिडियो सहित अफिसियल भिडियो ल्याएको सांगीतिक कोसेलि जिग्मे मिडिया युट्युब च्यानलबाट सार्वजनिक गरेको हो । जिम्बाको कोदोको झिर्मा सेलो प्याटर्नमा बनेको छ भने गीतले मागे अनुसार म्युजिक भिडियो बनेको बताउनु हुन्छ गायक जिम्बा ।

सम्पुर्ण दर्शकहरुलाइ नचाउने खालको गीत बनेको छ भन्दै उहाँ बताउनु हुन्छ । यस गीतमा स्वर जिम्बा आफैले सजायका छन भने शब्द राजेन्द्र लामा (दोर्जे), म्युजिक/एरेन्ज आगा लामा, गीतको मिक्सिङ श्री भस्ता र प्रज्ञा स्टुडियो बाट तयार गरेको गीतका छन् । भिडियोमा साथ दिनुहुने कलकारहरुमा सुजिना गोले, सुरेश लामा, बिस्वराज लोप्चन, रसमिला तामाङ छन् । उहाँहरुको प्रस्तुती पनि निकै उत्कृष्ट नै बनेको भिडियोबाट छर्लङ्ग हुन्छ।

कोदोको झिर्माको भिडियोमा उहाँ जेबि आफैले डाइरेक्सन गर्नु भएको छन भने प्रोडक्सन म्यानेजर , बब्लु गुरुङ , सीनेम्याटोग्राफ, एडिट, कलर आदि सुर्य लामाले गर्नु भएको छ ।

यस अफिसियल म्युजिक भिडियोको छायांकन भने काठमान्डौको विभिन्न रमनिय स्थलहरुमा गएर तयार गरीएका छन । कोदोको झिर्मा गीतले मागेको अनुसार भिडियोमा आफैले मेहेनत गरेर डाइरेक्सन गरी तयार गरेको हो भन्दै जिम्बाले बताउनु हुन्छ ।

भिडियो