तिप्लिङ न्यूज
मिति २०७७ असार २७
सिन्धुपाल्चोकको

सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिका वडा न. ६ मा हगाम युवा समजको आयोजनामा हगाम गाउँ स्तरीय गायन प्रतियोगिता सम्पन्न भएको छ ।

प्रतियोगिता हगाम सामुदायिक भवनमा थुप्रै दर्शक हरुको उपस्तिथिमा भव्यातका साथ शुक्रबार राती सम्पन्न भएको हो ।

धेरै सहभागिता बाट उत्कृष्ट ६ को छनोट गरि उत्कृष्ट ६ बाट फाईनल गरिएको थियो । फाईनलबाट प्रथम अस्मिता तामाङ, दृतिय सीता तामाङ र तृतीय सर्मिला तामाङ हुनुभएको छ ।

प्रथम पुरस्कारमा आशिष लामा र सन्देश लामाको तर्फबाट दुई गीत र जोन लामाको तर्फबाट उक्त गीतको म्युजिक भिडियो कोदोङ पाख्रीन तामाङको तर्फबाट नगद रु तिन हजार साथै आयोजकको तर्फबाट अन्य थुप्रै आकर्षक पुरस्कारहरु वितरण गरिएको छ ।

दृतिय पुरस्कारमा आयोजकको तर्फबाट नगद र अन्य थुप्रै आकर्षक पुरस्कारहरु, तृतीय सम्मलाई पुरस्कार ब्यबस्थान गरिएको थियो ।

प्रतियोगिताको निर्णयकको भुमिकामा स्थानीय गायक सन्देश लामा स्थानीय गायक बेन्जत लामा (सरोज) अशोक लामा र बिनु तामाङले निर्णयकको भुमिका निभाउनु भएको थियो ।

गाउँमा लुकेको प्रतिभालाई बहिरा ल्याउने उदेश्यका साथ प्रतियोगिताको आयोजना गरिएको आयोजकले जानकारि दिनुभएको छ ।

भिडियो