तिप्लिङ न्यूज
मिति २०७७ असार २५
काठमाडौं

अदिप बाबुको आफ्नै शब्द रचनामा रहेको तामाङ सेलो भाका चिसो चिसो सिम्पानि बोलको गीत Click Nepal युटुब च्यानल बाट सार्वजानिक भएको छ ।

अदिप बाबू र सुक्रानि स्याङबोको सुमधुर स्वर रहेको सेलो भाकाको लय गायक तथा संगीतकार विश्व दोङले भर्नु भएको हो ।

नोर्बु शेर्पाको संगीत संयोजनमा बनेको गीत परदेशको स्टुडियोमै रेकर्ड भएको थियो । रेकर्ड भएको केही महिना पछि बल्ला आज गीत सार्वजानिक भएको छ । गीत सार्वजानिक भय संगै अब चाँडै गीतको भिडियो आउने बताउनु हुन्छ गायक अदिप बाबू ।

अदिप बाबुको यो भन्दा अगि पनि केही सेलो भाकाहरु युटुब बाट सार्वजानिक भईसकेको छ ।
सिन्धुपाल्चोक जिल्लाको पाँचपोखरि थाङपाल गाउँ पालिका वडा-५ गुन्सामा जन्मनु भएको गायक अदिप बाबू निरन्तर गीत संगीतमा लाग्ने बताउनु हुन्छ ।

अब एक पछि अर्को गर्दै सेलो भाकाहरु स्रोता दर्शक माझ पस्कने बताउदै चिसो चिसो सिम्पानिको भिडियो पनि चाँडै आउने बताउनु भयो ।

तामाङ सेलो