तिप्लिङ न्यूज
मिति २०७७ असार २४
काठमाडौं

सुन्दै आनन्द लाग्ने तामाङ सेलो ज्यान मैच्याङ लिएर आएका छन गायक संजय लामा ।
संजय लामा र रोस्ना लुङबाको स्वर रहेको ज्यान मैच्याङ गीतको शब्द संगीत भने गायक तथा संगितकार विश्व दोङले गरेको हो ।

नोर्बु शेर्पाको संगीत संयोजन रहेको गीत सरगम (सगु) मा रेकर्डिङ गरिएको छ भने दिपेश प्रधानले सम्पादन गरेका हुन ।

ClickNepal युटुब बाट सार्वजानिक गरेको गीतलाई स्रोता दर्शकले मन पराउनेमा निर्माण पक्ष ढुक्क छन । आफुहरुले निर्माणमा राम्रो मेहेनत गरेको र संगीतकारले पनि राम्रो सृजना गरिदिएको बताउछन गायक संजय लामा ।

गायक संजय लामाको यो भन्दा अगि पनि धेरै गीतहरु युटुब मार्फत सार्वजानिक भईसकेको छ ।

सिन्धुपाल्चोक जिल्लाको पाँचपोखरि थाङपाल गाउपालिका गुन्सामा जन्मेका हुर्केका संजयको जिन्दगिमा धेरै उतारचडाब आए । कहिले परदेश त कहिले देशमै रहे । जिन्दगीले जहाँ जता पुराएपनि गीत संगितलाई निरन्तरता दिइरहेका छन ।

गीत संगीतसंग आफ्नो छुट्टै सम्बन्ध भइसकेको र अब चाहेर पनि गीत संगीतबाट टाडा हुन नसक्ने बताउछन गायक संजय लामा ।

गीत सुन्नुहोस